काठमाडौं,६ बुधबार पौष खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा न. १ को वडा सदस्यमा निर्वाचित अन्जना के.सि. बस्नेतले दोहोरो भत्ता बुझिलिएको छ । उनी एकल महिला हुन र उन्ले सामाजिक सुरक्षा भत्ता बापत एकल महिला भत्ता लिएको स्रोतले जनाएको छ ।
सामाजिक सुरक्षा एन २०७५को दफा (१५)मा उल्लेख भएआनुसार कुनै पनि सरकारी वा सार्बजनिक पदमा नियुक्त, निर्वचित वा मनोनीत भएर काम काज सम्हालिरहेको ब्यक्तिले तेस्तो अबस्थामा नेपाल सरकारबाट सेवा सुविधा वा परिस्रमिक वा अन्य कुनै पनि सुविधा पाईरहेको ब्यक्तिले सामाजिक सुरक्षा भत्ता लिन नहुने ब्यबस्था गरिएको छ। तथापि वाडा सदस्य निर्वाचित बस्नेतले भने एकल महिला सामजिक सुरक्षा भत्ता लिदै आएको प्रमाणिात भएको थियो ।
र यसै आधारमा घृहमन्त्रालयको पन्जिकरण विभगले पत्र पठाएको थियो। हाल सम्म लिएको सुरक्षा भत्ता बराबरको रकम विगो अनुसारको जरिवाना एे एे एेनको दफा (२१) अनुसार असुल उपर गरि सघिय सरकरको बेरुजु खातामा दाखिला गरि सोको भौचर सहित जानकारी पठाउन आदेश गरेको थियो ।
![](https://maahikhabar.com/wp-content/uploads/2022/12/319950854_1154721475248964_155572698059915221_n-686x1024.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/12/320276544_5071395222960848_6817131047969933445_n-692x1024.jpg)
वडा सदस्य बस्नेत यो दोस्रो पटक निर्वाचित हुन २०७४ सालको थानिय चुनावमा पनि यसै वडाको वडा सदस्यमा निर्वाचित भएको थियो र विगतको कर्याकालमा समेत उक्त सामाजिक सुरक्षा भत्ता लिएको हुन सक्ने अनुमान वडा वासिको रहेको छ । हाल आएर सदस्य बस्नेतले लिएको सामाजिक सुरक्षा भत्ता सिशर्कको एकल महिला भत्ता कट्टि गरिएको भनी मदानी खबर खोटाङ्ग दिक्तेललाई यसै वडाको वडा अध्यक्ष नव राज राईले पत्र पठाइ जानकारी गराए पनि कुनै पनि आधिकारिक पत्र विल भरपाई प्राप्त नभएको सन्जिव राईले जान्कारी दिए ।