Author: Padam Kirati

७ चैत, धनगढी । कैलालीमा एक सय भन्दा बढी विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चीन लगायतका देशका एक सय भन्दा बढी नागरिक बसोबास गरेर अस्वभाविक गतिविधि गर्दै आएको पाइएको छ । रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन् । विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसमा अस्वभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला…

Read More

नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्या बढाउनेछ,’ उनले भने, ‘धार्मिक पर्यटकहरूले खर्च कम गर्छ। साहसिक पर्यटक थोरैमात्र हुन्छन्। संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो।’ उनले…

Read More

काठमाडाैं, फागुन २८ गते। अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी सहसचिव उमेश लामाले चैत्र ५ गते हुने स्ववियू निर्वाचनकाे चुनावमा उम्मेदवार नरहेकाे घाेषणा गरेका छन् । संगठनका तर्फबाट प्रत्यक्ष सदस्य पदका उम्मेदवार बनाइएका लामाले उम्मेदवार नरहने घाेषणा गरेका हुन् । आज मात्र घाेषणा भएकाे टिममा केन्द्रिय कमिटीले पठाएकाे उम्मेदवारकाे लिष्टमा लामा काेषाध्यक्षकाे उम्मेदवार रहे पनि पछि क्याम्पसमा नाटकिय ढंगल नेकपा एस निकट अनेरास्ववियूसँग एमाले निकट अनेरास्ववियुले गठबन्धन गर्दा लामाकाे काेषाध्यक्ष पद खाेसिएकाे लामाले बताए । ”उनले एक्लैले ल्याउने मत जति  गठबन्धन गर्दा नआउने लामाका दाबी छन्।” ”यस्ता अस्वस्थ किसिमको संगठनको तालमेलले म, जस्ता अन्य असल र राम्रा साथीहरुलाई आत्मामा ठूलो चोट पुगेको छ।”उनको भनाइ…

Read More

काठमाडौँ, फागुन २।आज विश्वभर विभिन्न कार्यक्रम गरी प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे मनाईदैँ छ। आफ्ना जीवन साथीलाई प्रेम आपसमा आदानप्रदान गरी मनाइने यस यस पर्वको बारेमा धेरै कम व्यक्तिलाई थाहा हुनसक्छ। कुनै पनि पर्व मनाइरहेको छ भने त्यसको उत्पत्ति, ऐतिहासिक र सांस्कृतिक कारणलाई नबुझेर मनाउँदा यसले हाम्रो परम्परा र संस्कृतिलाई आक्रमण गर्ने हो कि भनेर इतिहासका विज्ञ र संस्कृत विदहरूले चिन्ता प्रकट गरेका छन्। नेपालमा पनि हरेक वर्ष काठमाडौँ उपत्यकाको नेवार समुदायले मनाउँदै आइरहेको मतिना पारु अर्थात् प्रेम प्रतिपदालाई बेवास्ता गर्दै पश्चिमेली शैलीमा नेपाली जगत रम्न थालेको उनीहरूको असन्तुष्टि जनाउँदै आएका हुन्। नेपाल मण्डलमा अर्थात् काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रत्येक…

Read More

काठमाण्डौ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारी थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद थप गरेको हो ।काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार अदालतले अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको अनुमति प्रदान गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई हिरासतमा लिएर मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धान गरिरहेको छ ।उनी आइतबार विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए ।

Read More

काठमाडौं, १६ असोज ।काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । ज्वेलरीका अनुसार मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ ।२ महिने यस योजनामा बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली बिजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक…

Read More

काठमाडौं, २६ भदौ। सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको निर्णय बदर गरेको छ । २० भदौ २०७५ मा कोशी बस व्यवसायी संघ तथा पूर्वाञ्चल यातायात व्यवसायी संघले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने तत्कालीन मन्त्रिपरिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ। ४ वैशाख २०७५ को मन्त्रिपरिषद बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ संस्थाको दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो ।सर्वोच्चको यो फैसलासँगै यातायात समितिहरु नवीकरण गर्न बाटो खुलेको छ, त्यस्तै समितिको नाममा रहेका सम्पत्तिहरु पनि…

Read More

काठमाडौं, २५ भदौ। १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायतका माग राखेर अनशन बसेका केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । निषेधित क्षेत्रमा अनसन बसेका कारण पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । यसअघि पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको थियो ।

Read More

काठमाडौं,१७ भदौ। अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ।चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी…

Read More

काठमाडौं ,१६ भदौ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण रहेको बताएका छन् ।एमाले र माओवादी वीचको सरकार बनेपछि संगठनमा काम गर्ने र २०८४ अघि सरकारमा जाने प्रयत्न गर्न नहुने बताउँदै आएपनि एमालेसँग मिलेर सरकार बनाउने परिस्थिति बनेको उनले सुनाए । दुई दल विचमा अकस्मात् सरकार बनाउने अवस्था बनेको र ठीक भएको उनले बताए । मुख्य दुई दलको सत्ता सहकार्य प्रणालीका लागि पनि चुनौतीपूर्ण रहेको उनले बताए । दुई दलमा रहेको चुनौतीको सामना गर्न सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओली वीचमा सौहार्दता हुनुपर्ने थापाले बताए ।उनले भने,‘काम गरेर हामीले परिणाम दिनुपर्नेछ । हाम्रो सभापति र नेकपा…

Read More