
Author: Padam Kirati
काठमाण्डौ, १८ भदौ बिहिबार । बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले JEEVIKA ले ‘Open Donation’ कार्यक्रम आयोजना गर्ने भएको छ। प्रभावित परिवारका लागि आवश्यक राहत तथा सहयोग जुटाउने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। कार्यक्रम शनिबार, सेप्टेम्बर ५ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म नेपाल नर्सिङ काउन्सिल, बासबारीमा सञ्चालन हुनेछ। विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पुर्याउन सबैले आफ्नो क्षमताअनुसार योगदान गर्न सक्ने आयोजकले जनाएको छ। एकता र सहयोगमार्फत विपद्बाट प्रभावित परिवारलाई साथ दिऔँ। #JEEVIKA #OpenDonation #FloodRelief #DonationDrive #Nepal #ReliefCampaign
काठमाडौं, १५ सोमबार भदौ। नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्ले गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । प्रस्तावमाथिको छलफलपछि बंगलादेशको संसद्ले सर्वसम्मतिले उक्त शोक प्रस्ताव पारित गरेको थियो । मृतकहरूप्रतिको सम्मानका लागि सांसदहरूले बैठकमा एक मिनेट मौन धारण गरेका थिए । र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । त्यस प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए । त्यस्तै, बंगलादेशको सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति…
काठमाडौं, १२ मंगलबार।विजयपुर गढीमा अवस्थित राईहरूको आस्थाका प्रतीक वाबु तोडफोड गरिएको विषयमा किरात राई यायोख्खा केन्द्रीय कार्यालय कोटेश्वरले घोर भत्सर्ना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। हिजो रातको समय पारेर उक्त प्रतिमा भत्काइएको हो । बिगत केही समय अघि देखि उक्त स्थानमा लिम्बू समुदायको केही अगुवा, ”बिष्णु थामदेन” लगायतका ब्यक्तिहरुले उक्त स्थान राईहरुको क्षेत्र नभएको बताए संगै बिबाद बढेपछि थाम्देनलाई किरात राई यायोख्खाका सुन्सरी जिल्लाका पदाधिकारीले खुट्टा समेत ढोगाएका थिए। उक्त गढिमा अबस्थित प्रतिमा हटाउनु पर्ने माग लिम्बु समुदायले गर्दै आइरहेको र नहटाएको खण्डमा साउन २२ गते ठूलो आन्दोलन गरिने चेतावनी समेत दिएका थिए। । र उक्त गढि लिम्बुहरुको दरवार…
काठमाण्डौ,२ सनिबार, । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय बारे बागमती प्रदेश मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई जानकारी गराएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शनिबार मुख्यमन्त्री बानियाँलाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसकेको बताए । हाम्रा मन्त्रीज्युहरूलाई पनि आवश्यक निर्देशन दिइसकिएको छ । सरकारमा रहेका एमालेका ६ जना मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिएका थिए । कार्यालयमा राजीनामापत्र तयार गरेर सम्बन्धित मन्त्रीहरूलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध गरिएको थियो । तर, सबै मन्त्रीहरू हेटौंडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ । आजै दिने भनिएको मन्त्रीहरूको राजीनामा रोकिएको बारे प्रश्न गर्दा…
काठमाडौँ, जेठ २ गत्ते सनिवार ।सामाजिक लोकतान्त्रिक पार्टीको संस्थापक अध्यक्ष स्वर्गीय कुमार राईको देहावसानको १९ औँ तिथिमा आज काठमाडौंको कलङ्कीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। सामाजिक लोकतान्त्रिक पार्टीले आयोजना गरेका उक्त कार्यक्रममा यसै पार्टीका कार्यभाहक अध्यक्ष पदम किरातीले स्वर्गीय राईको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। विक्रम सम्वत २००१ भोजपुरमा जन्मेका स्वर्गीय राई २०६४ सालको प्रथम संविधान सभामा कांग्रेस तर्फबाट समानुपातिक सदस्य समेत रहेका थिए। पार्टीका केन्द्रीय सदस्य उमेर राना मगरले कार्यक्रममा बोल्दै स्वर्गीय अध्यक्ष राई एक कुशल शिक्षक र सफल राजनीतिज्ञ रहेको बताए। कार्यवाहक अध्यक्ष पदम किराती स्वर्गीय अध्यक्षको तस्बिरमा माल्यार्पण गर्दै उपाध्यक्ष रत्न राना मगरले कार्यक्रमलाई…
काठमाडौं, २२ चैत। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत मङ्सिर ६ गतेदेखि नामावली संकलन गर्ने काम स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संलनको काम सुरु गर्ने निर्णय पनि गरेको हो। स्थगित उक्त कार्य आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको…
काठमाडौं, २२ चैत आईबार। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथी आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले बतायो ।अब मुद्दाका सबै पक्ष मिलिसकेकाले भोलि दुवै जनाका रिट पेसीमा चढ्ने स्रोतको भनाइ छ । भदौमा भएको जेनजी आन्दोलनका घटनाको बिषयमा जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । चैत १६ गते दुवै…
काठमाडौं, २२ चैत आइतबार । भक्तपुरको प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालनमा ६० जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट चैत २१ गते ६० जना ब्यक्ती पक्राउ गरेको हो । मोटरसाइकल चोरी च अन्य गतिविमिा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राखिएको पनि जानकारी दिए । यसैक्रममा एकैदिनमा ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारीले जानकारी दिए । यस अभियानलाई भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’नाम दिएको छ । यो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएका छ। यसबीच भक्तपुर प्रहरीले मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाउने एक चालकलाई पक्राउ गरेको छ ।
काठमाडौं, १७ चैत मंगलवार। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल आजै बिहान पक्राउ परेका हुन र हाजिरी जमानीमा रिहा हुने भएका छन् ।सुविधानगरबाट अपराध अनुसन्धानका टोलीले रिजाललाई पक्राउ गरेको हो । जेनजी आन्दोलनको समयमा उनी काठमाडौंको प्रमुख जील्ला अधिकारी थिए ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप रिजालमाथि लगाइएको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाहीको लागी सिफारिस गरेको हो ।तर, उनलाई हाजिरी जमानीमा छाड्न निर्णय भएको स्रोतले बताए ।
काठमाडौं, १६ चैत सोमबार। मन्त्रिपरिषद्को आज बैठक बस्दै । नवर्निवाचित प्रधानमन्त्री बालेन शाहले आज अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । एक स्रतका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ भने हाल त्यसलाई कार्यान्वयन गर्ने भरपुर तयारीमा छ । दमन गरेको आरोपमा जेनजी आन्दोलनको बेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । र अन्य मुद्दाका व्यक्तिहरुलाई पनि धमाधम पक्राउ पर्ने क्रम जारी छ ।आजको मन्त्रिपरिषद बैठकमा यिनै सवाल, लगायत सरकारका अरु नियमित कार्यकाबारेमा पनि छलफल हुने…
