काठमाण्डौ, १८ भदौ बिहिबार । बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले JEEVIKA ले ‘Open Donation’ कार्यक्रम आयोजना गर्ने भएको छ।
प्रभावित परिवारका लागि आवश्यक राहत तथा सहयोग जुटाउने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। कार्यक्रम शनिबार, सेप्टेम्बर ५ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म नेपाल नर्सिङ काउन्सिल, बासबारीमा सञ्चालन हुनेछ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पुर्याउन सबैले आफ्नो क्षमताअनुसार योगदान गर्न सक्ने आयोजकले जनाएको छ। एकता र सहयोगमार्फत विपद्बाट प्रभावित परिवारलाई साथ दिऔँ।
#JEEVIKA #OpenDonation #FloodRelief #DonationDrive #Nepal #ReliefCampaign


