काठमाडौं , २७ सोमबार
राजनीति तथा समाज सेवामा अहोरात्र समय खर्चने, जनजाति आदिवासीहरुको अभिभावकको रूपमा देखिएका एक सच्चा निष्ठावान राजनीतिक कर्मी इन्द्र कुलुङको पार्थिब शरीर आज काठमाडौं पशुपतिको बन्कालिमा किरात कुलुङ सस्कृती अनुसार आन्तेस्ति गरिओ ।
गत २४ गत्ते शुक्रबार काठमाडौंको वीर अस्पतालमा डाक्टरले मृत घोषण गरेका थिए । दुबै आखाको सल्लेकृया गरेको एक बर्स पनि नबित्दै उनको दुबै मृगौला फेल भएको थिओ । मृगौलाको उपचार गराउने क्रममा वीर अस्पतालमा नै उन्को मृतु भएको थिओ। मृतु पश्चात् उन्को पर्थिब शरीरलाई तिचिङ अस्पतालमा लगेर आइसमा रखिएको थिओ ।
सामाजिक लोकतान्त्रिक पार्टीको सस्थापक केन्द्रिय सदस्य समेत रहेका राई विभिन्न सामाजिक संघ सस्थामा आवद्ध भई जनजाती आदिवासीहरुको अधिकारका लागि काम गर्दै आएका थिए । विशेषगरी कुलुङ राईहरुको भाशा लिपि, सस्कार सस्कृतिको वृद्धि बिकासमा अतुलनीय भुमिका निर्बाह गर्दै आएको थिए ।
काठमाडौंको मैतिदेवी स्थित भाइको डेरामा बस्दै आएको राई विवाह पश्चात् श्रीमति सङ अलग अलग भईसकेका थिए । लामो समय एक्लो जीवन बिताएका राई दोस्रो बिबाह गर्ने मनसाय नबनाई पुरै समय जनजाति आदिवासीहरुको पहिचान र अधिकारका लागि खर्चिदै आएका थिए ।
२०१५ साल मंगसीर 30 गते ईलामको फिक्कलमा जन्मेको राई मानव शास्त्र, समाज शास्त्र र राजनीति शास्त्र लगायतका विभिन्न विषयमा त्रिभुवन बिश्व बिधालय बाट स्नातकोत्तर गरेका थिए ।
आज बन्कालीमा उनको पर्थिब शरीरमा पुस्प गुच्छा अर्पण गर्ने क्रममा जनजाति आदिवासीहरुको अगुवाको अन्ते भएको। जनजातिहरुको अबिभाबक गुमेको र यस्ले जनजातिहरुको अपुरनिय क्षेती भएको सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले बताए ।
![](https://maahikhabar.com/wp-content/uploads/2022/09/received_615237743342091-1-1024x766.jpeg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/09/received_642894340584237-1024x766.jpeg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/09/received_1971694059688074-1-1024x766.jpeg)