Author: maahikhabar

काठमाडौँ, ११ असोज दशैँ सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका देवी तथा देवताका मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । सुदूरपश्चिमका जिल्लामा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलन रहेकोले यहाँका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । सुदूरपश्चिममा दशैँको बेला खानपिन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिनुभयो । सुदूरपश्चिममा मनाइने दशैँ सात्विक हिसाबले मनाइने गरेको छ । उहाँले भन्नुभयो,“यो बेला शक्तिकी अधिष्ठात्रीदेवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ । मानसरोबर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्व सात्विक हिसाबले मनाउने चलन रहेको छ ।” नवरात्र सुरु…

Read More

काठमाडौँ, ११ असोज आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोका अनुसार चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् । उहाँले जिल्लामा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक जना अन्य गरी तीन लाख ९७ हजार ३० मतदाता कायम भएको जानकारी दिनुभयो । जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार चार सय ९७ मतदाता कायम भएका छन् ।…

Read More

काठमाडौँ , ११ असोज सुनसान गाउँ । जीर्ण घरहरु । बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी प¥यो भने अस्पतालसम्म पु¥याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो । यस गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएका परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा छन् । केही युरोपतिर । युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रीता थापा भन्नुहुन्छ,…

Read More

काठमाडौँ,११ असोज दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ । ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । “हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् । बिरामीको चापलाई अहिलेको शय्या सङ्ख्याले थेग्न सक्ने अवस्था छैन ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भन्नुभयो, “प्रदेश सरकारसँग एक सय एक शय्याको अस्पताल बनाउनको लागि प्रस्ताव पेस गरेका छौँ । त्यसको कार्यान्वयन छिटो हुन सकेन भने अस्पतालको सेवा नै प्रभावित हुनसक्ने देखिएको छ ।” उहाँले कञ्चनपुरदेखि सुर्खेतसम्मका बिरामी…

Read More

काठमान्डौ, ११ असोज प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकको मौलिक संस्कृतिको प्रवद्र्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा…

Read More

काठमाडौँ, ११ असोज नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो । उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै बि.स.२०६३ मा यो हाँस्य टेलिशृङ्खला बन्द भयो । दर्शकले…

Read More

काठमाडौँ, ११ असोज स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती…

Read More

काठमाडौँ, ११ असोज निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने, फरक फरक निर्वाचन क्षेत्रका लागि एउटै खर्च सीमा हुन नहुनेजस्ता दलहरुबाट प्राप्त सुझावलाई छलफल गरेर निर्णय गरिने बताउनुभयो । उहाँले तोकिएको खर्चको हदलाई आचारसंहिताका रुपमा दल र उम्मेदवारले पालना गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोग ऐन, २०७३…

Read More

काठमाडौँ, ११ असोज कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान…

Read More

काठमाडौँ, ११ असोज जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै बन्दै आएको छ । गएको साउन महिनामा एक दम्पतीलाई बिहानपख जङ्गलबाट घर फर्कने क्रममा दिलबहादुर सुनार र राममाया सुनारलाई कोइलीखोलाले बगाउँदा उनीहरुको मृत्यु भयो । यति मात्र होइन, दुई वर्ष अगाडि विद्युत् प्राधिकरण गजेहडा वितरण केन्द्रको गाडी पनि बगायो । असोजको पहिलो हप्ता आएको बाढीले बगाउँदा तत्कालीन वितरण केन्द्रका प्रमुख कृष्ण पौडेलसहित तीन जनाको मृत्यु भयो भने तीन जना पौडिएर बाँच्न सफल भएका थिए । यी त ठूला दुर्घटना मात्र हुन् ।…

Read More