तेह्रथुम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई राजनले सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । – नेपाल प्रहरी