Author: maahikhabar

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोग घटोस् भनेर नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक आइतबार आयोजना गरेको अन्तक्र्रियामा गभर्नर अधिकारीले भन्नुभयो ‘मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन् । जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छौँ । जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् ।’ अर्थतन्त्र बचाउन सक्यो भने व्यवसाय गर्न मिल्ने भन्दै उहाँले पछिल्लो समय सर्तक भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्ने, बैंकको ब्याजदर बढाउने र केही वस्तु आयातमा एलसी नखोल्ने नीति राष्ट्रिय…

Read More

कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक फिल्म ‘नालापानी’ले विशेष शोमा प्रशंसा कमाएको छ । यसै साता काठमाडौँको विश्वज्योति हलमा आयोजित विशेष शोमा उपस्थिति फिल्मकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुले फिल्मले उठाएको कथावस्तु, भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, छायांकन, कलाकारको अभिनय, निर्देशकीय पाटोको प्रशंसामा शब्द खर्चिएका थिए । फिल्ममा विशेष भूमिकामा समेत अभिनय गरेका बरिष्ठ कलाकार सन्तोष पन्तले ‘नालापानी’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । फिल्म हेरेपछि आफ्नो राष्ट्रलाई कसरी माया गर्ने भनेर शिक्षा दिने उनको भनाई छ । पन्त भन्छन्, ‘हाम्रो इतिहासको कथा हो ‘नालापानी’ । हाम्रो इतिहास बोकेको फिल्म भएकाले एकपटक हेर्नैपर्छ । यसले नेपालीलाई जगाउँछ ।’ निर्देशक, निर्माता तथा कलाकार…

Read More

नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’को प्रदर्शनको बिषयलाई लिएर संस्थाका अध्यक्ष उपर भैरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि खेलेको भूमिकालाई समेत संघले प्रशंसा गरेको छ । यो फिल्मले अन्तरराष्ट्रिय बजार विस्तारमा खेलेको भूमिकालाई कोशेढुंगाको रुपमा लिइएको समेत संघले स्पष्ट पारेको छ । तर, निर्माता संघको गौरवमय इतिहासमाथि निर्मम रुपमा प्रहार गरि स्वार्थ सिद्ध गर्ने अभिप्राय अनुरुप ‘प्रेमगीत ३’को प्रदर्शनको बिषयलाई जोडेर संघमाथि मिथ्या, भ्रामक र कपोकल्पित आरोप लगाइरहेको बिषय तथ्यहीन, झुट र फिल्म क्षेत्रमा स्वार्थपूर्ति गर्ने अभिष्ट अनुरुप आएको हो भन्ने ठहर पनि निर्माता संघले गरेको छ । निर्माता संघले…

Read More

आइतबार, २ असोज २०७९, लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेपछि खारेजीको माग गर्दै आयोगमा उजुरी परेको हो । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् । काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा गरेका सुनिल रिजाल र ५ का विजय कँडेलले आयोगमा दिएको निवेदनमा भनिएको छ,‘ यदि पार्टी दर्ता गर्दा स्वतन्त्रहरुको साझा चुनाव चिह्न भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिजर्नना गर्ने कार्य भइरहेको हुँदा उक्त चिह्न खारेजीको…

Read More

आइतबार, २ असोज २०७९, सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले उनको स्कर्टिङमा खटिने सुरक्षाकर्मीसमेत फिर्ता बोलाएको छ । उनको साथमा रहेका कार र जिप पनि फिर्ता मागिएको छ । उनका दुई निजी सुरक्षा अधिकृत फिर्ता बोलाएको हो । निलम्बित भएका कारण उनलाई सुविधा नदिएको गृहका एक अधिकारीले जानकारी दिए । निलम्बित प्रधानन्यायाधीश जबरा आज (आइतबार) सर्वोच्च अदालत जान चाहेका थिए । तर प्रहरीले निवासको गेटमै ताला लगाइदिएपछि उनी सर्वाेच्च जान सकेनन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिमा प्रधानन्यायाधीशले ‘अति विशिष्ट स्तर’को सुरक्षा पाउँछन् । जसअनुसार,…

Read More

अन्न त्याग गरी सत्याग्रहमा रहेका गोविन्द केसीको जीवनरक्षाका लागि कैलालीका नागरिक अगुवाहरूले सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको माग गर्दै धनगढीमा सत्याग्रहमा बसेको केसीको स्वास्थ्यस्थिति दिन–प्रतिदिन झन् जटिल बन्दै गएपछि आज (आइतबार) कैलालीका नागरिक अगुवाले उनको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै जीवनरक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेका छन् ।  नागरिक अगुवा तथा अभियन्ताले केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि उठाएका माग आम नेपाली जनताको माग भएकाले ऐक्यबद्धताका लागि समाजका सबै पक्षलाई आह्वानसमेत गरे । नागरिक समाज धनगढीको अगुवाइमा शिक्षक, प्राध्यापक, बुद्धिजीवी, विद्यार्थी, युवा, सामाजिक कार्यकर्तासहितले धनगढीमा केहीबेर शान्तिपूर्ण प्रदर्शनसमेत गरेका थिए ।  ‘हामी केसीका निम्ति लडिरहेका…

Read More

काठमाडौं, २ असोज । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली सेनाको स्कटीङमा सर्वोच्च अदालत प्रवेश गर्ने तयारी थालेका छन् । सर्वोच्च प्रवेशका लागि सेनाका उच्च पदस्थ अधिकारीहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ । जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु जबरालाई रोक्न सर्वोच्च अदालतको गेटमै धर्ना बसेका छन् । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि सर्वाेच्व छिर्न लागेका जबरालाई रोक्न बार पदाधिकारी गेटमा धर्ना बसेका हुन् । चोलेन्द्रले ११ बजे सर्वाेच्व पुग्ने बताएपछि…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको (इच्छुमति) टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् । टुकुचालाई खुला रूपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिनअघि जय नेपालबाट टुकुचा क्षेत्र खाली गर्न थालिएको हो । यो…

Read More

१ असोज, काठमाडौं। दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आज शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसा अग्रिम टिकट बुकिङ खोलेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नेरगराउने सहमति…

Read More

झापा, १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक-पटक जबरजस्ती करणी गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  source-नेपाल प्रहरी

Read More