Author: maahikhabar

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई हरिण (मृग) मारेर ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । मुसलवान समेतका ३ जनाले अवैध रुपमा पोथी जातको उक्त मृग मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी नर्सहीबाट खटिएको गस्ती प्रहरीले सुस्ता गाउँपालिका-४ तेह्र नम्बर ठोक्करमा मृत मृग सहित फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं, जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बस्ने ४३ वर्षीय अर्जुन कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाइएको छ…

Read More

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-१ ठेगाना भई हाल ललितपुर महानगरपालिका-१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी  परिसर टेकु पठाइएको छ । – नेपाल प्रहरी

Read More

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ चमती कल्याणनगर बस्ने ६० वर्षीय श्रीलाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । – नेपाल प्रहरी

Read More

तेह्रथुम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई राजनले सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । – नेपाल प्रहरी

Read More

दाङ, लमही नगरपालिका-९ अमिलिया चोकबाट ६ केजी ३ सय ६० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित घोराही उपमहानगरपालिका-१३ डुमरगाउँ बस्ने ४० वर्षीया सुशिला गिरीसमेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घोराहीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी दाङकै गढवा गाउँपालिका-१ कालाकाटेबाट करिब १ सय ४४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित कपिलवस्तु ओदारी गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…

Read More

फाइनलमा नेपाल ३ – १ गाेलले पराजित छैटौं महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले उपाधि उचालेको हो । बंगलादेश महिला साफको नयाँ विजेता हो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो ।  गृहमैदानमा करिब १६ हजारभन्दा बढी दर्शकको साथ पाएको नेपालले पहिलोपटक विजेता बन्ने अवसर गुमायो । नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल खान पुग्यो । २–० ले अग्रता लिइरहेको बंगलादेशको पोष्टमा नेपालले ७१औँ मिनेटमा गोल फर्काएको थियो । सावित्राको पासमा ७१ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काउने…

Read More

अहिलेका बच्चाहरुले नेपालीभन्दा हिन्दी भाषा चाँडै सिकिसकेका हुन्छन् । टीभी तथा अन्य डिजिटल प्लेटफर्मबाट भारतीय फिल्म, गीतसंगीत, सिरियल सजिलै हेर्न पाइने हुँदा नेपालमा नेपालीभन्दा हिन्दी भाषा बोल्ने र बुझ्नेको संख्या बढ्दो छ । यसले दीर्घकालिन रुपमा नेपाललाई पार्ने प्रभाव भयावह देखिन्छ । तर, नेपालमा बढ्दो भाषा अतिक्रमणको बारेमा राज्य मौन छ । कुनै चिन्ता छैन । विदेशी भाषाको अतिक्रमणलाई निस्तेज गर्न राज्यले नेपाली कला, साहित्य, फिल्महरुलाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । र, सर्जकहरुले पनि भाषा अतिक्रमण रोक्नका लागि पहल गर्नुपर्छ । तर, दुर्भाग्य ! हिन्दी फिल्महरुले नेपाली भाषामाथि ठूलो अतिक्रमण गरिरहेको अवस्थामा नेपाली फिल्म ‘प्रेमगीत ३’ भने हिन्दीमा…

Read More

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले १४औं वार्षिक साधारणसभा आह्वान गरेको छ भदौ ३० गते बसेको सञ्चालक समितिको बैठककोनिर्णयानुसार उक्त सभा असोज २६ गते लैनचौर बैंङक्वेट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । उक्त सभामा, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने,आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले सर्वसाधारणमा छुट्याईको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।

Read More