Author: maahikhabar

काठमाडौँ, १० असोज मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गर्नुभएको छ । उहाँले यसबाटै राम्रो कमाइसमेत गर्नुभएको छ । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताउनुभयो । रु दुई करोड लगानीमा फार्म सञ्चालन गर्नुभएका गिरीले अहिले लेयर्स जातका कुखुरा पाल्नुभएको छ । “स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरूमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ”, गिरीले सुनाउनुभयो । बिबिएस पास गर्नुभएका उहाँ आयुर्वेदका ज्ञातासमेत हुनुहुन्छ…

Read More

काठमाडौँ, १० असोज त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको अनुसन्धान टोलीका सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गुणानन्द पन्तले बताउनुभयो । “सुदूरपश्चिमका राम्रा गुण भएका धान हराउन थालेका छन्, यी धान किन हराउँदैछन् भनेर हामीले अनुसन्धान गरिराखेका छौँ”, उहाँले भन्नुभयो, “हामीले तराईको कञ्चनपुर, भित्री मधेशको जोगबुढा र पहाडी जिल्लाको बैतडीमा स्टेशन राखेर काम गरिराखेका छाँै । ” सुदूरपश्चिममा लगाइने परम्परागत धानको सुक्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ भनेर अध्ययन…

Read More

संरक्षणको अभावमा बडीकेदार गाउँपालिका– ४ मान्नकापडीमा रहेको कालारुवा ताल पुरिँदै जान थालेको छ । परापूर्वकालमा कुन्तामाता भगवतीको बासस्थानका रुपमा रहेको कालारुवा ताल उच्च लेकाली भेगमा भएकाले संरक्षणका लागि अहिलेसम्म कसैको ध्यान नगएको र गाउँपालिकाले पनि संरक्षणका लागि कुनै योजना नबनाउँदा अहिले पुरिँदै जान थालेको हो । पहिले ताल जति सुन्दर देखिन्थ्यो तर अहिले विस्तारै संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको स्थानीयवासीको भनाइ छ । उच्च लेकाली भेगमा रहेको यो तालमा कसैले महत्व नदिएका कारण ओझेलमा परेको कालारुवा सामुदायिक वनका अध्यक्ष उज्वल धामी बताउनुहुन्छ । उचित संरक्षण नहुँदा वरपरको माटो–ढुङ्गा पनि खस्न थालेपछि तालको क्षेत्रफल खुम्चिँदै गएको उहाँको भनाइ छ । दुई…

Read More

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उहाँले भन्नुभयो, “चाहेको भए विसं २०७४ को निर्वाचनपछि पाँचैँ वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो ।” प्रधानमन्त्री मुख्य होइन भन्दै उहाँले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको बताउनुभयो । आउँदो समय सम्वृद्धिको दशक भएको भन्दै उहाँले अबको क्रान्ति…

Read More

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ । मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मधेस प्रदेशको आठ जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सुरक्षाका प्रयोजनको लागि २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइने जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक तिमल्सिनाले सप्तरीमा ३ हजार दुई सय ७८, सिरहामा दुई हजार आठ सय नौ, धनुषामा तीन हजार चारसय ८६, महोत्तरीमा दुई हजार आठ सय एक म्यादी प्रहरी खटाइने जनाउनुभयो । त्यस्तै सर्लाहीमा तीन हजार तीन सय सात, रौतहटमा दुई हजार नौ सय ३९,…

Read More

मोरङ, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-५ गोलमढी बस्ने अमित ज्याख्वको जुजु नेवा किचेन रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कमलबिनायक बस्ने २६ वर्षीय सुदिप वैद्यसमेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय ९० रुपैयाँ र ४ बुक…

Read More

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

कपिलवस्तु, शिवराज नगरपालिका-३ बलुहवाबाट १ थान एकनाले भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद र ५ थान छर्रा सहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रेम थारुलाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले प्रेमलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ६० वर्षीय प्रेम बहादुर थिङ, सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने ४० वर्षीया कबिता थिङ र ३६ वर्षीय सिरसानी मोक्तान रहेका छन् । बसामाडीबाट हेटौंडातर्फ जाँदै गरेको ना.२ ह २३६३ नम्बरको अटोलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी अटोका चालक प्रेम सहित उनीहरुलाई पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानस्थित सडकबाट ५ सय ९८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-७ बस्ने…

Read More