ललितपुर ,
सोमबार १३ भदौ २०७९
खोटाङ्गको बिजयखर्कमा चार दसक अघि जन्मेको पुष्प राज कटवालले खोटाङ्गकै बुइपाको श्रीचम्पावती मा. वि. बाट २०५३ सालमा एस. एल. सि. प्रथम श्रेणीमा पास गरेका थिए । एस. एल. सि. पस्चात कंचनपुर, सप्तरीमा ब्यबस्थापन सङ्कायमा क्याम्पस भर्ना गरे लगत्तै २०५४ सालमा स्थायी रूपमा लेखापाल बनेर पुर्बको ओखलढुंगा पुगेका थिए । र २०५५ सालमै आई. ए. पनि पास गरे ।
भबिश्यमा एक असल प्रशसक बन्ने सपना बोकेर खोटाङ्गबाट ०५३ सालमा सप्तरी झरेका कटवाल ओखलढुंगा हुँदै फर्केर अफनै गृह जिल्ला खोटाङ्गको दिक्तेलमा २०५५ सालमा जिल्ला पशु सेवा कार्यलयमा समेत काम गरे । पशु सेवा कार्यलयको जागीर सङसङै दिक्तेल बहुमुखी क्याम्पस बाट २०५९ सालमा राजनिती शास्त्र र अर्थ शास्त्रमा ब्यचलोर पास गरि २०५९ सालमै को. ले. नि. का. काठमाडौं प्रवेश गरि २०५९ साल मा नै नायब सुब्बामा लोक सेवा आयोगमा नाम निकाल्न सफल भएको थियो । र २०५९ साल मा नै शाखा अधिकृतमा नाम निकाली ०६३सम्म मानव आयोग र ०६५ सम्म सामान्ने प्रशासन मन्त्रालयमा काम गरे । उता कानमा नेपाल ल क्याम्पसमा भर्ना गरि २०६२ सालमा (L.L.B)ब्यचलोर सकि सकेका थिए भने पुर्बान्चल बिश्वबिधालयबाट एक बर्शे बि. एड. पनि २०६४ सालमा पास आउट भइसकेका थिए । र जनप्रशासन क्याम्पस त्रिभुवन बिश्वबिधालय बाट २०६५मा जनप्रशासनमा मासटर सकि २०६७ राजनीति शास्त्रमा त्रिभुवन बिश्वबिधालय बाट मास्टर सकेका थिए ।
२०६८ साल चैत्र देखि भने उप सचीवमा लोक सेवा आयोग पास गरि कटवालले विभिन्न मन्त्रालय र बिभागको जिम्मेवारी सम्हालेका छन् । उप सचिव कटवालले प्रथम पाइला भने सस्थ्य तथा जनसंख्या मन्त्रालयमा टेकेका थिए । र पर्यटन तथा नगरीक उडयान मन्त्रालयमा समेत कार्य भार सम्हालेका छन् ।
अध्यनको सिलसिलामा जापान समेत पुगेका उप सचिव कटवालले २०७४ देखि २०७५ सम्म जापान को रिचुमेकन युनिभर्सिटी मा अन्तरास्ट्रिय सम्बन्ध ( International Relation ) मा समेत अध्यन गरेका छन् । तत्पस्चात २०७६ म जिल्ला सम्न्वय अधिकारी , मुस्ताङमा २० महिना, पुननिर्मण प्रधिकारण ९ महिना, २०७८ मा महिला आयोग १० महिना र २०७९ देखि भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ई. पि . एस . द. कोरिया शाखा कर्यलय ग्वोर्खु ललितपुरको निर्देशनकको जिम्मेवारी बहन गरिरहेका छन् । उप सचिव कटवालको आगमन पछी भने ई. पि. एस. को कार्यालयमा ब्यबथापन भने परिवर्तन भएको छ । पहिले पेपर बेसमा काम गरिन्थ्यो भने हाल आएर अन्लाईन मार्फत काम गरिन्छ । अन्लाईन मा बसेर तेब्लेट (UBT)मार्फत परिक्षा गरिन्छ भने परिक्षा आबेदन फारम पनि अन्लाईन दुरा नै भरी आबेदन दस्तुर पनि मोबाईल बैकिङ्ग बाट भुक्तानी गर्न सकिने ब्यबस्था गरिएको छ । परिक्षा दिने परिक्षार्थिले Bio metric प्रणाली मार्फत चेक जाँच गरेर मात्र परिक्षार्थीलाई परिक्षा हल भित्र प्रवेश गरिने र किर्ते वा नकली परिक्षार्थीले भने परिक्षा हल भित्र प्रवेश पाउने सम्भावना छैन ।
यस अघि भने नकली परिक्षार्थीले दिने हुँदा थुप्रै गुनसो सुन्ने गरिएको द. कोरिया बाट पनि कम्पनीको मालिकहरुले गुनसो गरेको र विभिन्न समस्य भएको कुरो यस बिभागका निर्देशक पुस्प राज कटवालले बताए ।