काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-१ ठेगाना भई हाल ललितपुर महानगरपालिका-१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । – नेपाल प्रहरी