म हुर्किएको त्यो आँगन,
लुटपुटिएको आमाको त्यो काख,
गाउँबेसि गरेको त्यो उकाली ओराली अनि भञ्ज्याङ् चौतारी,
चटक्कै छाडेर मलाई प्रदेश जान मन छैन,
दाजै… सबेरै उठेर पानी लिन जाने त्यो पधेँरो, घाँस, दाउरा काट्न जाने त्यो शिर्षे वनको सेरोफेरो,
चटक्कै छाडेर मलाई प्रदेश जान मन छैन, दाजै।
प्रियसी शीत बिताएको ती क्षण, हितैसी दौँतरीसँग रमाएको त्यो पल,
अनि परिवारसँग बाँडेका ती खुसी चटक्कै बिर्सेर मलाई प्रदेश जान मन छैन, दाजै।
बरु खोले-सिस्नो खाम्ला.. मानो रोपि मुरी यहीँ फलाम्ला. परदेशमा पनि त रुखमा पैसो फल्दैन, दाजै..?
पसिना बगाउनै छ भने आफ्नै मातृभुमीमा बगाम्ला, तर मलाई प्रदेश जान मन छैन, दाजै।
-मनिषा पाठक, भरतपुर