काठमाडौं,७ जेठ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ ।आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवाले बताएको हो।
कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।