ललितपुर ,१४ भदौ २०७९
उपत्यकामा डेंगुको प्रकोप तिव्र गतिमा फैलिदै गएको भनि राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीबाट सप्ताहब्यापी रुपमा संचालन गरिरहेको डेंगु नियन्त्रण कार्यक्रमको तेश्रो दिन आज तीज बिशेष सचेतनामूलक अभियान संचालन गरि सम्पन्न गरेको छ ।
संघले मंगलबजारको कृष्णमन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा डेंगु सम्बन्धी जानकारीमूलक पर्चा बितरण, नि:शुल्क पानी तथा जुस बितरण गरि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा उल्लेख्य रुपमा महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित महिलाहरुलाइ जनचेतनामूलक सन्देशहरुका साथै नाँचगान गरि मनोरञ्जन समेत प्रदान गरिएको थियो ।t
यसअघि हिजो ललितपुर महानगरपालिका वडा नं.१५ सातदोबाटो स्थित एमाले जिल्ला पार्टि कार्यालय, सातदोबाटो ट्राफिक कार्यालय, ब्लुबर्ड बिद्यालय परिसर लगायतका स्थानहरुमा स्थानिय बासीको अनुरोधमा लामखुट्टे नियन्त्रणको लागि औषधि छर्किएको राष्ट्रिय युवा संघ ललितपुर जिल्लाका अध्यक्ष चिन लामाले बताए ।
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/20220830_211018-1024x576.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG-20220830-WA0006-1024x768-1.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG-20220830-WA0009-1024x768-1.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG-20220830-WA0010-1024x769-1.jpg)