प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईकी आमा धनकुमारी राईको पार्थिव शरिरको अन्तिम संस्कारका लागि आज अपरान्ह भोजपुर लगिएको छ।
स्व। राईको पार्थिव शरीरलाई नेपाली सेनाको हेलिकप्टरद्वारा मोरङ सहकारी अस्पताल विराटनगरवाट लगिएको छ ।
उहाँको अन्तिम संस्कार भोलि भोजपुर षडानन्द नगरपालिका –११ स्थित झ्याउँ पोखरीमा गरिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिनु भयो ।
यसअघि अस्पताल परिसरमा पार्थिव शरीरमा श्रद्धान्जलि अर्पण गर्नेहरुमा प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विराटनगर महानगरपालिका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, निजामित तथा प्रदेश सरकार अन्तर्गतका कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरु हुनुहुन्थ्यो ।
मुख्यमन्त्री राईकी आमा धनकुमारीको ८४ वर्षको उमेरमा आज बिहान १०ः२५ बजे अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
विसं १९९५ मा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिनु भएकी स्वर्गीय राईको कान्छा छोरा मुख्यमन्त्री राईसहित तीन छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँका परिवारमा श्रीमान् नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिलो छोरा ध्यानकुमार राई र छोरी मालादेवी राई हुनुहुन्छ ।