काठमाडौं, २ असोज । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली सेनाको स्कटीङमा सर्वोच्च अदालत प्रवेश गर्ने तयारी थालेका छन् ।
सर्वोच्च प्रवेशका लागि सेनाका उच्च पदस्थ अधिकारीहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ ।
जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् ।
गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु जबरालाई रोक्न सर्वोच्च अदालतको गेटमै धर्ना बसेका छन् । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि सर्वाेच्व छिर्न लागेका जबरालाई रोक्न बार पदाधिकारी गेटमा धर्ना बसेका हुन् ।
चोलेन्द्रले ११ बजे सर्वाेच्व पुग्ने बताएपछि अहिले उनलाई अदालत परिसरमा छिर्न नदिन व्यापक प्रहरी परिचालन गरिएको छ । कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की भने झन्डावाल गाडीमा अदालत प्रवेश गरिसकेका छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ । source-repotersnepal