कम्युनिष्ट पारिवारिक पृष्ठ भुमीमा जन्भिएको सुश्री सुवर्ण श्रेष्ठ सानो उमेरदेखिनै नेपाल कम्युनिष्ट पार्टी एमालेसँग आवद्ध रहँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ। एमालेको लालकिल्लाको रुपमा परिचित ललितपुरमा जन्मिएकी श्रेष्ठ विद्यार्थी जीवनदेखिनै एमाले सम्बद्ध संगठन मार्फत राजनीतिमा संलग्न रहँदै आए । आफुले थाहा पाउँदा अर्थात २०५१ सालको निर्वाचनदेखिनै पार्टीको गतिविधिमा सक्रिय रुपमा सहभागी हुँदै आएको र तत्कालिन समयमा कक्षा ९ मा अध्ययनरत रहँदा देखि स्थानीय राजनीतिक मोर्चामार्फत निर्वाचन प्रचारप्रसारमा होमिएको हुन् ।
त्यसपश्चात पार्टीले आयोजना गरेका कार्यक्रमहरु निरन्तर रुपमा सक्रिय रुपमा सहभागिता जनाउँदै आएका छन् । आफ्नो पढाई, जागिर र व्यवसायसँगै सक्रियरुपमा नेकपा एमालेसँग आवद्ध विभिन्न संघसंगठनमा आवद्ध हुँदै आफुलाई राजनीतिक रुपमा अद्दि बढाउने क्रममा पार्टीले उचित ठानेर उहाँलाई २०६२ सालमा नेकपा एमालेको संगठित दिएको थियो ।
पार्टी संगठित सदस्य भएपश्चात आफ्नो व्यवसायसँग सम्बद्ध प्रगतिशील बैदेशिक रोजगार ब्यबसायी मञ्च नेपालको कार्यसमिति सदस्य आफ्नो राजनीति यात्रालाई अघि बढाए भने सोही समयमा उद्योग ब्यबसाय बिशेष ईलाका कमिटिको संस्थापक सदस्य भएर काम गरेक थिए । यस्तै नेपाल उद्योग तथा ब्यबसायी महासंघको संस्थापक सदस्य, सचिब हुदै हाल उप महासचिबको हैसियतमा पार्टीप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा सहभागिता जनाउँदै आउनु भएको छ।
प्रगतिशील बैदेशिक रोजगार मंच नेपालको तर्फबाट नेपाल बैदेशिक रोजगार ब्थवसायी संघमा सदस्य र सचिब गरि २ पटक चुनाब जितेर एमालेको एजेन्डा सहित ब्यबसायिक हकहितमा काम गर्नु भयो भने बैदेशिक रोजगार बोर्डको सदस्य भएर वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाई दिदीबहिनीहरुको हकहितमा काम गर्नु भयो। नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो वर्ष सम्पन्न निर्वाचन महासंघले गठन गरेको बैदेशिक रोजगार फोरमको सदस्य र नेपाल चेम्बर अफ कमर्श अन्तर्गत कर्पोरेट फोरोमको सदस्यको हैसियत काम गर्दै आउनु भएको छ ।
आफ्नो राजनीतिक यात्रालाई अघि बढाउने क्रममा ब्यबसायसँग खेलकुद क्षेत्रमा समेत सहमागिता जनाउन थाल्नु भयो भने २०७२ सालमा उहाँकै सक्रियतामा नेपाल रिङ्ग रेस्लिङ्ग संघ दर्ता गरि देशमा रेस्लिङ्ग खेलको विकास गरि नेपाललाई विश्व सामु चिनाउन र खेलकुद पर्ययटमार्फन देशमा विदेशी मुद्रा भित्र्याउँदै पार्टीको गतिविधिलाई समेत सोही प्लेटफर्म मार्फत अघि बढाउँदै आउनु भएको छ । हाल नेपाल रिङ्ग रेस्लिङ्ग संघको महासचिबको रुपमा उक्त संस्थाका गतिविधिलाई अघि बढाउँदै हुनुहुन्छ ।
तत्कालिन नेकपा एमालेको सरकार भएको समयमा राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य भएर १ बर्ष काम गर्ने मौका पनि उहाँलाई मिल्यो तर विडम्वना अहिलेको अप्राकृतिक गठबन्धले सर्वोच्च अदालतको बलमा गैरकानूनी तरिकबाट एमाले तेतृत्वको सरकारलाई हटाएसँगै उहाँ पनि त्यहाँबाट हट्न बाध्य हुनुभयो । खेलकुदकै कुरा गर्दा अहिले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको उप महासचिबको रुपमा खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्दै आउनु भएको छ ।
साथै नेकपा एमाले युवा तथा खेलकुद बिभाग को सदस्य को रुपमा क्रियाशिल हुनुहुन्छ।
पार्टी भुगोलको कुरा गर्ने हो भने नेकपा एमाले ललितपुर जिल्लाको आर्थिक बिभागमा सदस्यको रुपमा रहेर बिगतमा काम गरिसक्नु भएको छ भने हाल जिल्ला कमिटि सदस्यको हैसियतमा भुगोल पार्टी कमिटिमार्फ पार्टीका गतिविधिलाई स्थानीय तहसम्म पुर्याउने काम गर्दै आउनु भएको छ । गएको स्थानीय निकायको निर्वाचनमा महालक्ष्मी नगरपालिकाको प्रचारप्रसार सक्रिय भई पार्टी गतिविधिलाई मतदातामाझ पुर्याएर एमालेको उम्मेदवारलाई जिताउन मत माग्ने काममा सक्रिए भएर लाग्नु भएको थियो ।
यस्तै नेकपा एमालेको प्रथम बिधान महाधिबेसन र दशौ महाधिबेसनको प्रतिनिधिको रुपमा आफ्नो सक्रिय सहभागी जनाउनु भएको थियो। पार्टी काम मा निरन्तर लाग्दै हाल पार्टी को प्रतिनिसभा समानुपातिक उम्मेदवार हुनुहुन्छ …