काठमाडाैं । काठमाडाैंमा भाेलि राति १२ बजेदेखि चुनाव सम्पन्न नभएसम्म म’ दिरा बिक्री तथा सेवन गर्न नपाइने भएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाडाैंले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा चुनाव मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री तथा सेवनमा रोक लगाएको हो ।
प्रशासनले बुधबार सूचनामार्फत साे जानकारी दिएकाे हाे ।मंसिर १ गते राति १२ बजेदेखि चुनाव सम्पन्न नभएसम्म र र मतदान स्थल वरिपरि मतगणना सम्पन्न नभएसम्म म’ दिरा बिक्री,वितरण तथा सेवन नपाइने सूचनामा उल्लेख छ ।सूचना उल्लंघन गरे कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएकाे छ ।
यो पनि – निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धि सामग्री माैन अवधि अगावै हटाउन निर्देशन दिएकाे छ ।सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्री मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई आयाेगले बुधबार निर्देशन दिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भाेलि राति १२ बजेदेखि माैन अवधि सुरु हुँदैछ ।निर्वाचन आचारसंहिता बमोजिम माैन (स्थिर) समय सुरु हुनु ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयाे ।
निर्वाचन प्रचारप्रसार सामग्री सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने उहाँले बताउनुभयाे ।भाेलि राति १२ बजेदेखि नै कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष-विपक्षमा मत माग्न पाइने छैन ।
अटेर गरी विज्ञापन नहटाउने उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहिता २०७९ को उल्लंघन भएको ठहर गरी निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही गर्ने आयाेगकाे चेतावनी छ ।