ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका एमाले उम्मेदवार नवराज सिलवालले चापागाउँलाई पुरातात्विक शहरका रुपमा विकास गरिने योजना अगाडी सार्नुभएको छ । लिच्छिवीकालिन शहरका रुपमा रहेको चापागाउँको पुरातात्विक सम्पदाहरुको खोज अनुसन्धानसहित संरक्षण गरेर यसलाई ब्यवस्थीत शहरका रुपमा अगाडी बढाउन आफू लागि परेको उहाँले बताउनुभयो । चापागाउँमा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै उहाँले पुरातात्विक शहर बनाउने योजनाका रुपमा आफू अघिल्लो कार्यकालमा सांसद रहँदा यसका लागि डिपिआर समेत भइसकेको बताउनुभयो ।
यसका निम्ती डेढ करोड छुट्टाएर यो चापागाउँको पुरातात्विक महत्व, यसको इतिहास, तथा यसबाट कसरी यहाँका जनता लाभान्वित गर्न सकिन्छ भन्ने अध्ययन भइसकेको उहाँले खुलाउनुभयो र्। केपी ओलीको सरकार हुँदा हामीले शहरी विकास मन्त्रालयबाट बजेट छुट्टाएर डिपीआर गरेका हौँ, उहाँले भन्नुभयोर्, डेढ करोड छुट्टाएर डिपिआर गरेका छौँ , नेपालका विज्ञ र विशिष्ट इन्जिनियरले मिलेर काम गर्नुभएको छ ।
निवर्तमान सांसद सिलवालका अनुसार डिपीआरले यदि ५५ करोड रुपयाँ लगानी गर्ने हो भने चापागाउँलाई पुरानो र नमुना पुरातात्विक शहर बनाउन सकिन्छ भन्ने उल्लेख छ । चापागाउँको यो प्रोजेक्ट अगाडी बढाउन खोजिरहँदा केपी ओलीको सरकार ढलेकाले यसलाई अगाडी बढाउन नसकिएकोमा सिलवाल दुखी हुनुहुन्छ । ‘हामीले सरकारलाई यो प्रोजेक्ट गर्नुपर्छ भनेर प्रतिवेदन मन्त्रालयमा लगीरहँदा हाम्रो सरकार ढल्यो ’ , उहाँले भन्नुभयो, ‘ अहिले पनि यो प्रतिवेदन मन्त्रालयमा विचाराधिन भएर बसेको छ , हाम्रो सरकार आउने वित्तिकै यो प्रोजेक्ट अगाडी बढ्छ ।’ चापागाउँमा रहेका चार टोल बुलु , प्याङगाउँ, चापागाउँ र झ्यालीपाटीमा रहेको पुराना सम्पदालाई संरक्षण गर्दै पर्यटकलाई आर्कषित गर्ने योजना उहाँको छ । ‘यहाँका वहाल र फाल्चाहरुको संरक्षण गर्ने, मन्दिर पाटी पौवाको पनि संरक्षण गर्ने , टोलटोलमा र्इँटा , ढुङ्गा छापेर राम्रो बनाउने र भएका घरहरुमा होम स्टे बनाउने योजना छ, उहाँले भन्नुभयो ।
उपत्यकाकै पुरानो शहरका रुपमा पुर्ननिर्माण गर्ने अभियानमा लागेको बताउँदै उहाँले यसमा सघाउनका लागि आफूहरुलाई जिताउनुपर्ने उल्लेख गर्नुभयो । चापागाउँको सबैभन्दा ठूलो समस्या भनेको ड्रेन हो , यसको ब्यवस्थापन गर्ने , पोखरीको संरक्षण गर्ने , छेउछाउमा कलात्मक कुराहरु पस्कने आवश्यकता छ , उहाँले बताउनुभयो । डिपीआरले भनेका जस्तै भएमा चापागाउँ पनि इटालिएन शहर रोमको जस्तै बन्नेछ । ललितपुर क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका उम्मेद्वारका रुपमा कांग्रेसका उदय राणा रहनुभएको छ ।
– सुभानु आचार्य