लक्ष्मण रिजालको निर्देशनमा बनिरहेको फिल्म ‘डिसेम्बर फल्स’को बाँकी छायांकन सुरु गरिएको छ । पोखरामा लकडाउन लगतै यो फिल्मको छायांकन सुरु गरिएको थियो । तर, विभिन्न कारणले यो फिल्मको काम रोकिएको थियो । यसपछि, यो फिल्मको काम पुरा हुन्छ या हुँदैन भन्ने अन्यौलता पनि थियो ।
तर, विगत ४ दिनदेखि काठमाडौंमा नै यो फिल्मको छायांकन भैरहेको छ । नायक आर्यन सिग्देलले पनि फिल्मको बाँकी छायांकन सुरु भएको पुष्टी गरे ।यो फिल्ममा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । फिल्ममा नरेश भट्टराइको पनि अभिनय हेर्न सकिन्छ ।
निक्कै महत्वकांक्षाको साथमा सुरु गरिएको यो फिल्मको काम आर्थिक अभावले रोकिएको चर्चा पनि चलेको थियो । तर, निर्माणपक्षले बाँकी काम सुरु गरेर अब फिल्म दर्शकमाझ आउने छनक दिएको छ ।