ललितपुर
लगनखेल स्थित मञ्जुश्री पेट्रोल पम्प सेन्टर बिगत कयौं बर्ष देखि ललितपुर महानगरको स्वामित्त्व रहेको जग्गामा संचालन गर्दै आएको पम्प आईतबार को दिन महानगर द्वार सिल गरिएको छ।सार्वजनिक स्वास्थ्यमा प्रतिकुल असर पर्ने र निज पेट्रोल पम्प लाई पटक पटक प्रत्राचार गरी हताउन निर्देशन दिँदा समेत अतेर गरी नहताएका कारण ललितपुरका मेयर चिरिबाबु स्वंयम एक्सन मा उत्रिएका थिए।

ललितपुर महानगर वडा १२ स्थित सो पेट्रोल पम्प वडा अध्यक्ष, नगर प्रहरी, वडा प्रहरी लगायत स्थानिय को रोबरमा पेट्रोल पम्प सिल गरेको छ।बसपार्क क्षेत्र, अत्याधिक मानिसको चाप हुने स्थान र जाम हुने कारण सो पेट्रोल पम्पले दुर्घटना भएमा अधिकत्तम क्षति हुनसक्ने हुँदा अनुचित रहेको जानकारी महानगर प्रहरी प्रमूख सिताराम हा्च्छेथुले बताएका छ्न्।
Report by Rokesh Awale






Report by Rokesh Awale