हिमानी शाहले शाह वंशको कुल देवता गोरखकालिका र गोरखनाथको पूजा गरेकी छिन्।
शनिबार बिहान साँढे ८ बजे गोरखकाली मन्दिर पुगेकी हिमानी र उनकी छोरी कृतिकाले डेढ घण्टा लगाएर तान्त्रिक विधिले गोरखकाली र गोरखनाथको पूजा गरेकी हुन्।
साथै कैलाशकुटमा राखिएको देवीको दर्शन गरेकी छिन्। कैलाशकुट प्रवेशमा राज खलकबाहेक अरुलाई अनुमति छैन।
राज खलकले तान्त्रिक विधिबाट गोरखकालीको पूजाअर्चना गर्ने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए।