नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई हरिण (मृग) मारेर ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मुसलवान समेतका ३ जनाले अवैध रुपमा पोथी जातको उक्त मृग मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी नर्सहीबाट खटिएको गस्ती प्रहरीले सुस्ता गाउँपालिका-४ तेह्र नम्बर ठोक्करमा मृत मृग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।