काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि किशोरी बलात्कार आरोप लागेपछि प्रहरीले अनुसन्धानमा तिव्रता दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार विज्ञप्ति जारी गर्दै प्रहरी वृत्त गौशालामा सन्दीमाथि जबरजस्ती करणीको जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर करणी भएको उल्लेख गरिएको छ । सोही राति ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगर ९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा लगि १२ बजेर २५ मिनेटमा पटक पटक करणी गरेको जाहेरीमा उल्लेख गरेसँगै प्रहरीले ति स्थानहरुबाट प्रमाण संकलन गरेको हो ।
काठमाडौं सिनामंगलमा रहेको होटलको सीसीटीभी फुटेज प्रहरीले संकलन गरेको छ भने नगरकोटको होटलको सीसीटीभी फुटेजबारे प्रहरीले अध्ययन गरिरहेको जनाएको छ ।
प्रमाणहरु संकलन गरेर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी प्रहरीले गरेको छ ।
जाहेरीमा उल्लेख गरेको काठमाडौंको होटलबाट प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा सन्दीप र किशोरी उक्त होटलमा पुगेको र बाहिरिएको पाइएको छ ।
होटल पुग्दा सन्दीपले सेतो क्याप, सेतो जुत्ता र निलो टिसर्ट लगाएका थिए भने किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन् ।
भदौ ५ गते राती सन्दीप र बालिका राति ११स्५५ मा होटल पसेको देखिएको प्रहरीले जनाएको छ । होटलमा करिब ७ घण्टा बसेर उनीहरु बिहान ६ बजेर ४६ मिनेटमा त्यहाँबाट निस्किएका थिए ।
भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी परेको थियो ।
पीडित भनिएकी १७ वर्षीय किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न किसिमका प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सूक्ष्म रूपमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच राष्ट्रिय टिमका कप्तान लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ ९क्यान० ले निलम्बन बारे छलफल गर्ने भएको छ ।
लामिछाने मैत्रीपूर्ण टी(२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए । टी(२० शृङ्खलामा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी त्यसपछि क्यारिबीअन लीग खेल्नका लागि जमैका पुगेका छन् । केन्या विरुद्ध टी(२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । clickmandu