Author: maahikhabar

काठमाडौँ, १२ असोज साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्धावस्थाका ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म जान नसक्ने चार सय ८३ लाभग्राहीलाई उनीहरुको गाउँटोलमै लगेर रु ६६ लाख ७२ हजार तीन सय रकम वितरण गरेको हो । शिविरमा उपस्थित हुन नसक्ने अन्य लाभग्राहीले भने एसबिआई बैंकको साकेला शाखा र देशभर सञ्चालनमा रहेको जुनसुकै शाखाबाट भत्ता रकम बुझ्ने व्यवस्था गरिएको सामाजिक सुरक्षा शाखाप्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । गाउँपालिकाले हिन्दू नेपालीहरुको महान् चाड दसैँ÷तिहार तथा छठ पर्वका अवसर पारेर गत असोज…

Read More

काठमाडौँ, १२ असोज जिल्ला स्वास्थ्य कार्यालय बाराले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध ९३ हजार एक सय ८५ लाई खोप लगाएको छ । निमित्त कार्यालय प्रमुख रामनरेश यादवका अनुसार कार्यालयले अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रम जिल्लाका १६ स्थानीय निकायमा पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई एक लाख २० हजार खोप दिने लक्ष्य रहेको छ । गत भदौ १६ देखि भदौ २० गतेसम्म पहिलो चरणमा र भदौ २७ देखि ३१ गतेसम्म दोस्रो चरणमा खोप अभियान सुरु गरी ९३ हजार एक सय ८५ जनालाई खोप लगाउन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताउनुभयो ।

Read More

काठमाडौँ, १२ असोज निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्नगराउन निर्देशन दिएको हो । सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक…

Read More

काठमाडौँ, १२ असोज सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो । आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उहाँका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् । बाँकेको ढकेरीबाट…

Read More

काठमाडौँ, १२ असोज बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका…

Read More

काठमाडौँ, ११ असोज देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार सात सय २९ जनाको पिसिआर र दुई हजार एक सयको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार चार सय ९५ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत छ । हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४४ रहेको छ ।…

Read More

काठमाडौँ, ११ असोज काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व बडादसँै र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ । टोलीले आज प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार र त्यस क्षेत्रका मासु पसलको अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री वितरणको अवस्था हेरिएको थियो…

Read More

काठमाडौँ, ११ असोज पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताउनुभएको छ । सङ्घीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा उहाँले ऐन मिच्नेले कारबाही भोग्नु पर्ने तर संविधान उल्लङ्घन कार्य चाहिँ राजनीतिक कदम हुने परिस्थितिले कसरी लोकतन्त्रसँग सुदृढ हुन सक्छ भनी प्रश्न गर्नुभयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “संविधान उल्लङ्घनलाई आपराधीकरण गर्नुपर्छ, राजनीतिक मतान्तरण भयो भनेर संविधान उल्लङ्घन गर्न पाइन्न, संसद्को गएको कार्यकालको उपलब्धि आशातितरूपमा हुन सकेन ।” पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा देखिएको अस्थिरताले हामीले मुलुकका समस्यालाई प्राथमिकीकरण गर्न सकनौ भन्ने स्पष्ट सङ्केत…

Read More

काठमाडौँ, ११ असोज निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ…

Read More

काठमाडौँ, ११ असोज ठूलो भूगोल, आधा वर्ष हिउँले ढोकेको प्राकृतिकरुपमा नाकाबन्दी हुने उपल्लो डोल्पाका कृषक बाली भित्र्याउन लागेका छन् । वर्षमा एक बाली मात्र हुने यहाँका स्थानीयवासीले उत्पादन गरेको अन्नले तीन महिना खाना पुग्दैन । जडीबुटी भण्डार रहेको उपल्लो डोल्पा चीनको सिमानामा सँग जोडिएको छ । चिसो मौसम र भारी हिमपात हुने भएकाले वैशाखमा लगाएको एक मात्र बाली उवा बल्ल पाकेर भित्र्याउने अवस्थामा पुगेको डोल्पोबुद्ध–१ धो का प्रेमा दोर्जे गुरुङले बताउनुभयो । यहाँ वर्षमा एक मात्र बाली पाक्ने भएकाले खाद्यान्न उत्पादन कम हुने गर्दछ । मङ्सिरबाट चैतसम्म हिमपात जारी रहने भएकाले उपल्लो डोल्पाका तीन स्थानीय तहमा सर्वसाधारण घरभित्र बसेर सङ्कलन…

Read More