Author: maahikhabar

भैरहवा, ११ भदौ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू भएकाे छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत याे विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेकाे हाे । व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए । पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको चेकजाँचपश्चात राजस्व दाखिला गर्नुपर्ने हुन्छ । सबै प्रक्रिया भई शनिबार जजिरा एयरमार्फत् कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल सामान पुग्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताए । हालसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थबाट…

Read More

कोलम्बो, ११ भदाौ आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विदेशी सञ्चित मुद्राको आभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए । ‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको छ रो…

Read More

मस्को, ११ भदौ मस्कोले युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि मस्कोले रुसी हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए । रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए । फेब्रुवरी हमलाअघि नेटोको युक्रेनी सदस्यता आफूलाई मान्य नहुने मस्कोले जनाएको थियो । ‘उत्तर एट्लान्टिक गठबन्धनमा आफ्नो सहभागिता त्याग्नु अत्यावश्यक छ, तर शान्ति स्थापना गर्न यो पहिले नै अपर्याप्त छ’, मेदभेदेवले भने । रुसले आफ्नो लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्ने उनले बताए । पुटिनले आफू युक्रेनलाई ‘डिनाजिफाइड’ गर्न चाहेको…

Read More

काठमाडौं, ११ भदौ अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् । फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन् । उनी आक्रामक लुक्समा छन् । लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । फिल्मको हाल चितवन र मुस्ताङमा छायांकन भइरहेको छ ।

Read More

हेलसेन्की, ११ भदौफिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् । एउटा डान्स पार्टीमा नाचेको विषयमा प्रधानमन्त्रीले लागूऔषध खाएको अनुमानबीच पाहुनको टपलेस तस्बिरबारे माफी मागेकी हुन् । तर, प्रधानमन्त्रीले गरेको एक परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ । दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् । तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । रुइसरोक संगीत उत्सवपछि…

Read More

लसएञ्जल्स, ११ भदौ हलिउड गायिका ब्रिटनी स्पीयर्सले आफ्नो इन्स्टाग्राम एकाउण्टलाई डीएक्टिभ गरेकी छन् । उनले डिएक्टिभ गरेको यो पहिलोपटक भने होइन । यसअघि उनले तीनपटक डिएक्टिभ गरिसकेकी छन् । उनले यसपटक डिएक्टिभ गर्नुपर्ने कारण पनि बताएकी छन् । उनले इन्स्टाग्राम डिएक्टिभ गरेपछि निरन्तर ट्वीट गरिरहेकी छन् । ‘म दिनहुँ सिकिरहेकी छु । म राम्रो व्यक्ति बन्ने कोशिस गरिरहेको छु । म त्यही गरिरहेकी छु, जसले मलाई खुशी दिएको छ । मैले आज खुशीलाई छानेकी छु । म हरेक दिन आफूलाई भन्छु कि आहत हुने तनावलाई छोडिदिनु । आफूलाई र अर्को जो दुःखी हुन्छन्, उनीहरुलाई माफी दिन कोशिस गर्नु’, उनले ट्वीटेकी छन्…

Read More

काठमाडौं, १० भदौ देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३१५ को नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा १ हजार ६७३ ले पीसीआर र १ हजार ८४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १५ हजार ९३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ८० हजार ६६३ पुगेको…

Read More

नायक प्रदीप खड्काले आफ्नो फिल्म ‘प्रकाश’ले क्यूएफएक्सले विभेद गरेको भन्दै पत्रकार सम्मेलन नै गरे । उनले, आफूलाई धेरै शो दिएर फिल्म नचलेको भए पनि चित्त वुझाउने ठाउँ हुने तर्क गरे ।उसो त, क्यूएफएक्सले भोलीबाटै फिल्मको केही शोज वृद्धि पनि गरिसकेको छ । तर, एउटा कुरा के देखियो भने क्यूएफएक्सको यो दादागिरी यसपटक मात्र देखिएको होइन । तर, नेपाली फिल्मका निर्माताले आफुलाई पर्दा मात्र आवाज उठाउने र अरुलाई पर्दा निदाउने गरेको यसअगाडि पनि देखिएको हो । वैशाखको १ गतेबाट फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदा साउथको ठुलो बजेटको फिल्म ‘केजीएफ २’ रिलिज भएको थियो । सो समयमा झरना थापाले बारम्बार…

Read More

ललितपुर, १० भदौ सुन्दर श्रेष्ठ (बागमती भाइ) को नेपाल भाषाको म्युजिक भिडियो ऐ ! मयजु शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । बागमती भाइद्वारा लिखित सफल प्रेम कथामा आधारित म्युजिक भिडियोको वरिष्ठ संगीतकार धनबहादुर गोपालीले लोकार्पण गरेका हुन् । नेवा साधना कला केन्द्रको आयोजनामा भएको कार्यक्रममा गीतको म्युजिक भिडियो केन्द्रको युट्युव च्यानलमा राखिएको छ । गीतको लेखन बागमती भाइले गरेका हुन् । म्युजिक भिडियोको कम्पोजर तथा एरेन्जरमा जुगल डंगोल रहेका छन् । गायकमा शतिश महर्जन र गायिकामा शुद्धलक्ष्मी श्रेष्ठ रहेका छन् । म्युजिक भिडियोको निर्देशन राम श्रेष्ठले गरेका छन् । म्युजिक भिडियोमा निर्देशक श्रेष्ठ नायक र आकृति महर्जन…

Read More

नायिका करिश्मा मानन्धरविरुद्ध आफ्ना निजी तस्वीर सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै निहारिका राजपुतले साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् । करिश्माले केही दिन अगाडि मात्र निहारिक र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरिदिएकी थिइन् । निहारिक लामो समयदेखि शिवराजले आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै न्यायका लागि लडाई लडिरहेकी छिन् । जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ । गत असारमा निहारिक अनसन बस्दा पनि करिश्माले आवाज उठाएकी थिइन् । उनले, निहारिकालाई सहयोग गर्ने समेत बताएकी थिइन् । त्यसपछि निहारिक र करिश्माविच भेटघाट पनि भएको थियो । निहारिकाले…

Read More