Author: maahikhabar

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले मालोर्कामाथि ४–१ गोल अन्तरको जित हात पारेको छ। आइतबार भएको खेलको ३५ औं मिनेटमा मालोर्काले भेडाट मुरिकीको गोलमा अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्ज्युरी समयमा फेडेरिको भेल्भर्डले बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा रियलका लागि भिनि जुनियर, रोड्रिगो र एन्टोनियो रुडिगरले १/१ गोल गरेका थिए। यससँगै ला लिगाको जारी सिजनमा रियल शतप्रतिशत जितको नतिजा कायम राख्न सफल भएको छ। खेलेका ५ मध्ये सबै खेलमा जित हात पार्दै उसले १५ अंक जोडेको छ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले समान खेलबाट १३ अंक हात पारेको छ।  

Read More

ललितपुर लगनखेल स्थित मञ्जुश्री पेट्रोल पम्प सेन्टर बिगत कयौं बर्ष देखि ललितपुर महानगरको स्वामित्त्व रहेको जग्गामा संचालन गर्दै आएको पम्प आईतबार को दिन महानगर द्वार सिल गरिएको छ।सार्वजनिक स्वास्थ्यमा प्रतिकुल असर पर्ने र निज पेट्रोल पम्प लाई पटक पटक प्रत्राचार गरी हताउन निर्देशन दिँदा समेत अतेर गरी नहताएका कारण ललितपुरका मेयर चिरिबाबु स्वंयम एक्सन मा उत्रिएका थिए। ललितपुर महानगर वडा १२ स्थित सो पेट्रोल पम्प वडा अध्यक्ष, नगर प्रहरी, वडा प्रहरी लगायत स्थानिय को रोबरमा पेट्रोल पम्प सिल गरेको छ।बसपार्क क्षेत्र, अत्याधिक मानिसको चाप हुने स्थान र जाम हुने कारण सो पेट्रोल पम्पले दुर्घटना भएमा अधिकत्तम क्षति हुनसक्ने हुँदा अनुचित…

Read More

कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका २ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल १८ हजार ९ सय ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले…

Read More

काठमाडौंको मैतीदेवी कालोपुलमा अवस्थित जेभियर इन्टरनेसनल कलेजले सन्दीप लामिछानेका प्रचार बोर्डहरू हटाउन थालेको छ । लामिछानेविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको छ । नेपाल क्रिक्रेट संघले उनलाई निलम्बन गरिसकेको छ । लामिछाने भने अहिले विदेशमा छन् । सम्भवत भोलीसम्ममा लामिछाने नेपाल आइपुग्ने श्रोतको दाबी छ । लामिछाने ब्राण्ड एम्बेसडर रहेको जेभियर इन्टरनेसनल कलेजले लामिछानेका तस्विरअंकित होडिङ बोर्डहरू कलेज प्राङ्गणबाट हटाउन थालेको तस्विर सामाजिक सञ्जालमार्फत बाहिरिएका छन् । हुनत लामिछानेलाई आरोप मात्र लागेको हो । अदालतबाट अन्तिम फैसला नआएपछि उनी अभियुक्त हैनन् तर जाहेरीसँगै उनको व्यवसायीक जिवन नै धरापमा…

Read More

हिमानी शाहले शाह वंशको कुल देवता गोरखकालिका र गोरखनाथको पूजा गरेकी छिन्। शनिबार बिहान साँढे ८ बजे गोरखकाली मन्दिर पुगेकी हिमानी र उनकी छोरी कृतिकाले डेढ घण्टा लगाएर तान्त्रिक विधिले गोरखकाली र गोरखनाथको पूजा गरेकी हुन्। साथै कैलाशकुटमा राखिएको देवीको दर्शन गरेकी छिन्। कैलाशकुट प्रवेशमा राज खलकबाहेक अरुलाई अनुमति छैन। राज खलकले तान्त्रिक विधिबाट गोरखकालीको पूजाअर्चना गर्ने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए।

Read More

शुक्रबार भक्तपुरको इम्पेरियल पार्टि प्यालेसमा सम्पन्न राष्ट्रिय युवा संघको प्रथम बागमती प्रदेश अधिवेशन बाट रामेछापका जय गुरुङ अध्यक्षमा चयन हुनुभएका छ्न् ।अधिवेशनका प्रमूख अतिथि एमालेका महासचिव शंकर पोखरेल रहेका थिए।र त्यसै गरी युवा संघका इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए । उपाध्यक्षमा दिलीप पौडेल, सचिवमा राजु तिवारी, सह -सचिवमा माधव श्रीमालि र राजेश खड्का तथा कोषाध्यक्षमा नरेन्द्र भण्डारी प्रबत्तामा भानु पौडेल, युथफोर्स प्रमुख: सुरेन्द्र योञ्जन, युथफोर्स सचिव: सुमित जंग कार्की लगायत साइबर सर्कल सद्स्य गरी बिभिन्न जिल्ला बाट जम्मा ९७ सदस्यीय कार्यसमिति गठन गरिएको जानकारी दिएका छ्न्।

Read More

नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनमा परेका सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्विटरको बायो हटाएका छन् । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि बिहीबार क्यानले लामिछानेलाई निलम्बन गरेको थियो । यसअघिसम्म उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान समेत थिए । क्याप्टेन रहेका लामिछानेले आफ्नो ट्विटर ह्याण्डको बायोमा ‘क्याप्टेन अफ नेशनल क्रिकेट टीम, नेपाल’ लेखेका थिए । तर पक्राउ पूर्जी जारी भएसँगै क्यानले समेत निलम्बन गरेपछि उनले उक्त बायो हटाएका छन् । अहिले उनले बायोमा आफ्नो जर्सी नम्बर २५ मात्रै राखेका छन् । आफूमाथि भदौ ५ गते बलात्कार भएको भन्दै एक किशोरीले गत मंगलबार…

Read More

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् ।

Read More

काठमाडौं, । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भने । उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्। उनले नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन्। इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए। उनले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको उल्लेख गरे। मेयर शाहले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्नमा मात्र सीमित नभइ मनोरञ्जन, उत्साह र उम्रग, खुशीसँग जोडिएको बताए। मेयर शाहले काठमाडौं उपत्यकाका तीन…

Read More