Author: maahikhabar

रूपन्देही, बुटवल उपमहानगरपालिका-९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्ड सहित बाग्लुङ दगाटुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय  सन्तोस सलामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त होटलको १०४ नम्बरको कोठामा सन्तोस बिहीबार बेलुकीदेखि शंकास्पद अवस्थामा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । source-नेपाल प्रहरी

Read More

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २७ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमको अवधिमा सिकेका विभिन्न ज्ञान, सीप र कौशललाई उपयोग गरी कार्यक्षेत्रमा गरिने काममा परिवर्तन तथा निखरता ल्याउन सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार व्यक्त गर्नुभयो । यस्ता किसिमका तालिम प्रहरी हुँदा मात्र…

Read More

धनुषा, सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरूमा योगाभ्यास गराउने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर र पतंजलि योग समिति नेपालको तर्फबाट सोही समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरी उक्त सम्झौता-पत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।…

Read More

काठमाडौं, कर्तव्य ज्यान मुद्दामा ईन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने राजिव कुमार मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजिव कुमार समेतका २ जनाले २०७८ भदौ २६ गते बिहान ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तलवार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७८ चैत २८ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न मण्डल उपर जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामा आवश्यक समन्वय गरेपश्चात इन्टरपोलद्वारा २०७९ भदौ १४ गते रेड नोटिस जारी गरिएको थियो ।…

Read More

काठमाडौं,सामाजिक संजाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्याम संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाईल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो । उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं…

Read More

काठमाडौं, युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले केही व्यक्तिहरुलाई वर्किङ भिषामा युके लगाएतका देशहरुमा रोजगारीको लागी पठाईदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिई सम्पर्क बिहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्वाराहीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Read More

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे हल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ? भन्दै चर्चित गायक प्रमोद खरेलले प्रश्न गरेका छन् । प्रमोदले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सन्दीबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सन्दीपमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् । प्रमोद ट्वीटरमा लेखेका छन्, ‘मानौं उ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।’ उनी अगाडि लेख्छन्, ‘देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको…

Read More

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका बारेमा छानबिन गर्न बनेको महाअभियोग सिफारिस समितिले राणाले नाम लिएका बहालवाला न्यायाधीशहरुलाई समेत छलफलमा बोलाउने निर्णय गरेको छ । बुधबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानमा क्रममा नाम लिएका बहालवाला न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको हो । राणाले बयानको क्रममा न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ । राणाविरुद्ध नेपाल बार एसोसिएसनले निरन्तर आन्दोलन गरेपछि गत वर्षको फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन्। महाअभियोग…

Read More

लक्ष्मण रिजालको निर्देशनमा बनिरहेको फिल्म ‘डिसेम्बर फल्स’को बाँकी छायांकन सुरु गरिएको छ । पोखरामा लकडाउन लगतै यो फिल्मको छायांकन सुरु गरिएको थियो । तर, विभिन्न कारणले यो फिल्मको काम रोकिएको थियो । यसपछि, यो फिल्मको काम पुरा हुन्छ या हुँदैन भन्ने अन्यौलता पनि थियो । तर, विगत ४ दिनदेखि काठमाडौंमा नै यो फिल्मको छायांकन भैरहेको छ । नायक आर्यन सिग्देलले पनि फिल्मको बाँकी छायांकन सुरु भएको पुष्टी गरे ।यो फिल्ममा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । फिल्ममा नरेश भट्टराइको पनि अभिनय हेर्न सकिन्छ । निक्कै महत्वकांक्षाको साथमा सुरु गरिएको यो फिल्मको काम आर्थिक अभावले…

Read More