Author: maahikhabar

काठमाडौं महानगरपालिले सार्वजनिक ठाउँमा बनाइएका अवैध संचरना र फुटपाथमा राखिएका व्यापारलाई हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । सार्वजनिक क्षेत्रलाई कब्जा गरि अवैध रुपमा संरचना निर्माण गरिएका मल, कप्लेक्स लगाएतलाई भत्काउँदै आएको महानगरको नजर अहिले विद्यालयमा परेको छ । महानगरको टोलीले शुक्रबार अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचनामा डोजर चलाएको छ । नक्सा विपरीत सरकारी जग्गामा बनेको भन्दै महानगरपालिकाले डोजर चलाएको हो । तर, विद्यालयमा विद्यार्थीको परीक्षा चलिरहेको समयमा महानगरले डोजर चलाएको भन्दै विद्यालयका शिक्षक तथा शिक्षिकाहरु आक्रोशित बनेका छन् । विद्यालयमा अध्यापन गराउने शिक्षिकाले विद्यार्थीको परीक्षा सकिन ४ दिन रहँदारहँदै पनि महानगरले तुरुन्तै भत्काएर के गर्न खोजेको भन्दै…

Read More

भोली शुक्रबारबाट बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । नेपालभरका अधिकांश मल्टिप्लेक्स हलले गत शुक्रबार नै अग्रीम टिकट बुकिङ खुल्ला गरेको भएपनि देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले भने बुधबारबाट मात्रै अग्री टिकट बुकिङ खुल्ला गरेको हो । क्युएफएक्सले अग्रीम टिकट बुकिङ खुल्ला गरेसँगै आक्रमक रुपमा टिकट विक्रि भैरहेको छन् । भने, ‘प्रेमगीत ३’को हिन्दी डव भर्सनको टिकट बिक्रि शुक्रबारबाट मात्रै गरिने जानकारी क्युएफएक्सले आफ्नो साइटमा एक सुचना राख्दै गराएको छ । सिनेमाको सवै मल्टिप्लेक्स हलमा अग्रीम टिकट बुकिङ उच्च रहेको वितरक गोविन्द शाहीले बताए । वितरक शाहीकका अनुसार नेपालमा १ सय ५० बढि स्क्रिनमा रिलिज हुनेछ । सिनेमाको हालसम्म ७०…

Read More

सुनसरी, धरान उपमहानगरपालिका-१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

दैलेख, नारायण नगरपालिका-१ टुडिखेलबाट २ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-२ कुसाडा बस्ने ३० वर्षीय रोबट सिजापतीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुरबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय ईन्द्र धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ कालिका…

Read More

काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका-६ नयाँवस्तीबाट पक्राउ गरेको हो । उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

Read More

 काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ स्थायी वतन भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ स्थायी वतन भएका १९ वर्षीय कविन्द्र विश्‍वकर्मा र कालिकोट पलाता गाउँपालिका-७ स्थायी वतन भएका २५ वर्षीय जिवराज बम रहेका छन् । हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १/१ थान सिक्री र १/१ थान औंठी गरी उक्त परिमाणको सुन फेला पारी पक्राउ गरेको र…

Read More

बर्दिया, बढैयाताल गाउँपालिका-८ रिहारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका-६ आनन्द टोल बस्ने ४२ वर्षीय हेमराज गिरी र सोही नगरपालिका-५ सन्तोषी टोल बस्ने ३७ वर्षीय सफल ज्ञवाली रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.११ प ४२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

०५ असाेज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा नै बनाइने बताएका छन् । उनले प्रस्तावित उक्त विमानस्थल नेपाल सरकारकै लगानी र नेपाली प्राविधिकहरूबाट नै बनाइने बताएका हुन् । महानिर्देशक अधिकारीले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावका आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गरे । उनले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकार र ४० प्रतिशत प्राधिकरणले लगानी गर्न विज्ञ समूहको सुझाव रहेको जानकारी दिए । वार्षिक १० अर्ब नेपाल सरकारले र सात अर्ब रुपैयाँ प्राधिकरणले लगानी गरी सात वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने उनको भनाइ छ । “…लागतका हिसाबले विमानस्थल बनाउन…

Read More

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं  महानगरपालिका-६ भृकुटीचोकबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम सहित टोखा नगरपालिका-३ बस्ने नवलपरासी घर भएका ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३० ग्राम सहित दमक नगरपालिका-१ सुनौलो टोल बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो…

Read More