काठमाण्डौ, बिहिबार २२ गते। ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत वाणिज्यतर्फको कार्यसमिति सदस्य पदमा युवा व्यावसायी रोकेश अवालेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ।
भोलि असोज २३ र २४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनुभएका अवाले ”इन्फोवेज कम्प्युटर सिस्टम”का सञ्चालक तथा ”गोल्डेन टेम्पल मल्टिबिजनेस प्रालिका” निर्देशक हुनुहुन्छ। सूचना प्रविधि क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका अवाले सामाजिक र राजनीतिक क्षेत्रमा समेत सक्रिय रहनभएको छ।राज्यका हरेक निकायमा युवाहरुको सहभागिता अनिवार्य भएमा मुलुकले विकास र निकास पाउने बारेमा बिश्वास राख्नुहुने व्यावसायी अवाले यस संस्थाको नेतृत्वमा पनि युवाहरूको सशक्त उपस्थिति हुनुपर्नेमा जोड दिदै आफ्नो उमेद्धवारि रहेको बताउनुहुन्छ।

नयाँ उद्यमीहरूले भोग्दै आएका व्यावहारिक तथा कानुनी कठिनाइहरूको समाधान गर्नुलाई अवालेले आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ। व्यावसाय दर्ता प्रक्रियामा स्पष्ट मार्गदर्शन प्रदान गर्ने, साना तथा मझौला व्यावसायीका समस्यालाई नीतिगत तहसम्म पुर्याएर समाधानको पहल गर्ने र प्रविधिमार्फत व्यापारलाई आधुनिक एवं प्रतिस्पर्धी बनाउने उहाँको मुख्य लक्ष्य रहेको छ।
सहज व्यावसायमैत्री वातावरण निर्माण गर्दै समग्र उद्योगी–व्यवसायीको हकहित संरक्षणका लागिनै आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभएको छ।
व्यावसायी, उद्यमीहरूको समस्या साथै स्रमिकको आवश्यकता र हकहितका विषयलाई प्राथमिकतामा राख्दै, सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा आवाज पुर्याउने उद्देश्यका साथ निर्वाचनमा सहभागी भएको अवालेको दाबि छ।

अवालेको नारा ” स्वतन्त्र आवाज, युवा सोच – व्यावसायीको हितका लागि एक मत ”


