काठमाडौं, १२ मंगलबार।विजयपुर गढीमा अवस्थित राईहरूको आस्थाका प्रतीक वाबु तोडफोड गरिएको विषयमा किरात राई यायोख्खा केन्द्रीय कार्यालय कोटेश्वरले घोर भत्सर्ना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। हिजो रातको समय पारेर उक्त प्रतिमा भत्काइएको हो ।
बिगत केही समय अघि देखि उक्त स्थानमा लिम्बू समुदायको केही अगुवा, ”बिष्णु थामदेन” लगायतका ब्यक्तिहरुले उक्त स्थान राईहरुको क्षेत्र नभएको बताए संगै बिबाद बढेपछि थाम्देनलाई किरात राई यायोख्खाका सुन्सरी जिल्लाका पदाधिकारीले खुट्टा समेत ढोगाएका थिए।

उक्त गढिमा अबस्थित प्रतिमा हटाउनु पर्ने माग लिम्बु समुदायले गर्दै आइरहेको र नहटाएको खण्डमा साउन २२ गते ठूलो आन्दोलन गरिने चेतावनी समेत दिएका थिए। । र उक्त गढि लिम्बुहरुको दरवार रहेको समेत दाबी गर्दै आएता पनि बिगत आठ /दश बर्ष अघि नै किरात राई यायोख्खाको पहलमा ”प्रतिमा” स्थपना गरिएको भन्दै पत्रकार सम्मेलनमा किरात राई ययोखाका माहासचिव “भिम राज राईले” प्रेस बिग्यप्ती पढेर सुनाएका थिए।
यस्ता कार्यले सामाजिक सद्भाव भड्काउने भएको हुनाले यस्ता कार्यहरू नगर्न नगराउन समेत चेतावनी दिए। यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्ति जो भएपनि नेपाल सरकारद्वारा पहिचान गरी उचित कारबाहीको माग समेत गरेका थिए।
उक्त विजयपुर घडीमा २०५१/५२ सालदेखि नै साकेला थानको स्थापना गरि उधौली उभौली पूजाआजा गर्दै आएको समेत बताए। र उक्त थान किरात राई यायोखाले नै स्थापना गरेका समेत विज्ञप्ति मार्फत उल्लेख गरे ।
उक्त स्थानमा केवल राईहरूको मात्र पूजास्थल नभएर हिन्दू बौद्ध वा अन्य धर्मावलम्बीहरूको समेत पूजा आराधना स्थल रहेको समेत विज्ञप्तिमा उल्लेख गरे।
धरान उपमहानगरपालिकाले खानेपानी ट्याङ्कीको निर्माण गर्न लाग्दा समेत चार किराँत लगायत सम्पूर्ण आदिवासी जनजाति संगसस्थाहरुले संघर्ष समिति समेत गठन गरी आन्दोलन गरेका समेत बताए।तत्कालीन मेयर तारा सुब्बा, उपम्यार मन्जुर भण्डारी र चार किरात लगायत विभिन्न संस्थाहरु बिच उप्रान्त पानी ट्याङ्की निर्माण नगर्ने १८ बुँदे सहमति समेत भएको बताए।
यस्ता साम्प्रदायिक हिम्सा मच्याउने कार्य गर्नु धार्मिक अपराध भएको र यस्ता व्यक्ति संरक्षण नगर्न र खोजी गरेर कारबाहीको दायरामा ल्याउन नेपाल सरकार अन्तर्गतको सम्बन्धित पक्षलाई पुन अनुरोध गर्दै सरकार वा सम्बन्धित पक्षले यस्लाई गम्भीर रुपमा नलिए छिट्टै चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अघि बढाइने चेतावनी समेत दिए।

यस प्रेस विज्ञप्ति कार्यक्रममा किरात राई केन्द्रीय कार्यालयका अध्यक्ष जीवन हाताछु, महासचिव भीमराज राई, कोषाध्यक्ष परशुराम राई, राजुन राई लगायत दर्जनौं पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


