काठमाडौँ, जेठ २ गत्ते सनिवार ।सामाजिक लोकतान्त्रिक पार्टीको संस्थापक अध्यक्ष स्वर्गीय कुमार राईको देहावसानको १९ औँ तिथिमा आज काठमाडौंको कलङ्कीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक लोकतान्त्रिक पार्टीले आयोजना गरेका उक्त कार्यक्रममा यसै पार्टीका कार्यभाहक अध्यक्ष पदम किरातीले स्वर्गीय राईको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। विक्रम सम्वत २००१ भोजपुरमा जन्मेका स्वर्गीय राई २०६४ सालको प्रथम संविधान सभामा कांग्रेस तर्फबाट समानुपातिक सदस्य समेत रहेका थिए। पार्टीका केन्द्रीय सदस्य उमेर राना मगरले कार्यक्रममा बोल्दै स्वर्गीय अध्यक्ष राई एक कुशल शिक्षक र सफल राजनीतिज्ञ रहेको बताए।

उपाध्यक्ष रत्न राना मगरले कार्यक्रमलाई सम्बोधन गर्दै यस सामाजिक लोकतान्त्रिक पार्टी नयाँ विचार भएको बताए र उक्त नयाँ विचारले केहि दशकमा राज्य सत्ता समेत सञ्चालन गर्ने दाबी समेत गर्दै स्वर्गीय कुमार राईले नेपाली काङ्ग्रेस नेकपा एमालेबाट आदिवासी जनजातिहरूको भविष्य अनिश्चित भएका कारण यस नयाँ धारका पार्टी द्वारा नेपालका सम्पूर्ण जातजाति भाषा, धर्मावलम्बी तथा उत्पीडन वर्ग लिङ्गीय समस्या समाधान गर्ने वैकल्पिक शक्तिको रूपमा यस सामाजिक लोकतान्त्रिक पार्टीलाई स्वर्गीय राईले स्थापना गरेका बताए।
उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा यस पार्टीका उपाध्यक्ष प्रकाश कपालीले सभामा स्वागत मन्तव्य दिँदै पार्टीका भावी रणनीति र कार्यक्रमहरूको बारेमा विचार व्यक्त गरेका थिए। आजको यस कार्यक्रमका सञ्चालक समेत रहेका पार्टीका महासचिव तिलक मगरले समाजिक लोकतान्त्रिक पार्टीको ऐतिहासिक विश्लेषण समेत गरेका थिए।

स्वर्गीय राईको श्रद्धाञ्जली सभामा कार्यक्रमका अध्यक्ष समेत रहेका कार्यवाहक अध्यक्ष पदम किरातीले पार्टीका झण्डा समेत आधा झुकाएका र किरातीले कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष समेत रहेका माननीय स्वर्गीय कुमार राईको स्मरण गर्दै राई एक कुशल राजनीतिज्ञ मात्र नभएर दार्शनिकको दर्जामा समेत हेरेको उल्लेख गर्दै स्वर्गीय राईको देहावसानले पार्टी पंक्ति मात्र नभएर सिङ्गो देशलाई नै अपुरणीय क्षति पुगेको बताए।

आजको यस कार्यक्रमको सुरुवाती समय बिहानको ११ बजे रहेको आयोजक स्रोतले बताए पनि केही कार्यकर्ता तथा अतिथिहरूको आगमन ढिला हुन गएका कारण ११ बजेर ३० मिनेटमा सुरुवात भएर लगभग ४ बजे र ३० मिनेटमा समापन भएका थिए। ।


