काठमाडौं, १७ चैत मंगलवार। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल आजै बिहान पक्राउ परेका हुन र हाजिरी जमानीमा रिहा हुने भएका छन् ।सुविधानगरबाट अपराध अनुसन्धानका टोलीले रिजाललाई पक्राउ गरेको हो ।
जेनजी आन्दोलनको समयमा उनी काठमाडौंको प्रमुख जील्ला अधिकारी थिए ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप रिजालमाथि लगाइएको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाहीको लागी सिफारिस गरेको हो ।तर, उनलाई हाजिरी जमानीमा छाड्न निर्णय भएको स्रोतले बताए ।


