काठमाडौं, २५ भदौ। १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायतका माग राखेर अनशन बसेका केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
निषेधित क्षेत्रमा अनसन बसेका कारण पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । यसअघि पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको थियो ।