काठमाडौं,२७ फागुन।बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिकाको भ्रमण रोकिएको छ।भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीले अमेरिका भ्रमण नजाने भएको छ।
आउने सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन´को ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी अमेरिका जान कार्यक्रम तय गरिएको थियो ।तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले छिट्टै विश्वासको मत लिने तयारीको कारण उनको भ्रमण रोकिएको बताइएको छ
मन्त्रीको भ्रमण रोकिएपछि त्यस कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्याल सहितको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।