काठमाडौं,२६ फागुन।संघमा सत्ता समिकरणमा फेरबदल भएपछि बागमती प्रदेसमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने छलफल सुरु भएको छ ।सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुनुपर्नेमा जोडदिन्छ, भने एमाका नेताहरु चाही सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन्
दुबै दल सत्ता गठबन्धनको केन्द्रीय निर्णय कुरेर बसेको छ।बागमती प्रदेशसभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रबाटै मुख्यमन्त्रीको भागबण्डा हुने बताउँछन् । ‘केन्द्रबाटै कुनै निर्णय आउनुपर्छ । मुख्यमन्त्रीकै भागबण्डा भइसकेको छैन । उताबाट टुंगिएपछि प्रदेशमा गृहकार्य गर्छौं’, उनले भने, ‘प्रधानमन्त्रीको विश्वासको मतपछि सरकार गठनमा तीव्रता दिन्छौं ।यसअघि १० पुस २०७९ मा केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन बन्दा बागमतीमा एमालेकै समर्थनमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए
एमाले नेताहरु भने त्यतिबेला जम्कट्टेल २ वर्ष मुख्यमन्त्री रहने र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने गरी सहमति भएको बताउँछन् । अहिले नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्रीकै विषयमा छलफल हुनुपर्ने उनीहरुको भनाइ छ ।नेकपा माओवादी केन्द्रले भने केन्द्रमा प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल हुँदा बागमती माओवादी केन्द्रकै भागमा पर्ने बताएको छ ।