केही थान घुर्मिलो सपनाहरु थाप्लोमा बोकेर मेरो आपाको जिन्दगी सुरुवात भयो आपाले
कलिलो उमेरसँगै बोके थाप्लोमा दुःखको पहाड टेके भत्भती पोल्ने आगोका बालुवा हिँउदयाममा
हिँउ र सिरेटो सँग खेले वर्षामासमा
झरि र वादल सँग रमाए ।
आपाले के गरेनन् फाँडे खोरिया नारे सपना एकहुल गोरुसँगै भस्मे पाखाभरी जोते सपना आफुसँगै र सिंचाए आलो पसिनाले त्यहि माटो अनि कोरे गोरेटो हाम्रो निम्ति क्षितिजको उज्यालो भेटाउन ।
उमेरसँगै, रहरका आयतन क्षितिजसँगै तन्किैदै गए उमेरसँगै, आवश्यक्ताको चाङ आकास सँगै चुलिदै आए त्यसैले
आपा रवरजस्तै तन्किएर पातलो बने आपा तुषारोले कठाङ्ग्रीएको पतझरको रुखजस्तो जिङग्रीङग भए ।
थाहा छ हामीलाई आपाको त्यो कलकलाउन नपाएको वालापन त्यो रहर हराएको बैंस सबै सबै सुम्पे हामीलाई यो पनि थाहा छ आपाले
जिन्दगीको सवै यामहरु चढाए हाम्रो निम्ति ।