खोटाङगको बुइपामा २०२८ साल चैत्रमा जन्मेको मान बाहादुर राई कक्षा ९ सम्मको पढाई बुइपामा सकि एस। एल।सि। भने ललितपुरको महेन्द्र भृकुटी मा। वि। देखि प्रथम श्रेनिमा २०४६ सालमा उतिर्ण गरेका थिए ।
मामा अमर कुमार राईको अभिभाबकक्तोमा पढाईको सिलसिलामा काठमाडौं बस्दै आएका राई बिद्यार्थीकाल देखिनै जानी नजानी राजनितीमा होमिएको थिए । २०५१ सालमा पोखराको पश्चिमाञ्चल क्याम्पसबाट दिप्लोमा इन सिभिल ईन्जिनियरिइङ्ग सकेपछि भने सैद्धान्तिक र बैचारिक अध्यन गर्दै कम्युनिस्ट राजनितिमा लगेका थिए । पुलचोक ईन्जिनियरिङ क्याम्पस बाट जलस्रोत ईन्जिनियरिङमा डिग्री बिशिस्ट श्रेणीमा उतिर्ण गरेका थिए । पढाई सके पस्चात भने सोदेश तथा बिदेश गरि एक दसक भन्दा बढी जलस्रोत ईन्जिनियरिङ फिल्ड मा काम गरेका थिए ।
२०७३ साल देखि २०७७ साल सम्म भने विभिन्न पहिचान बादी पार्टी हरुमा अनुभव सम्हालेका छन । २०७८ साल देखि भने राष्ट्रिय जनमुक्ति पार्टीको संघीय कोशाध्येक्क्षको जिम्मेवारि सम्हालेका छन । र यसै पार्टी बाट संघीय साम्सदमा उम्मेदवारी दिने तयारी गरेका छन । राई को चुनावी छेत्र भने काठमाडौं जिल्ला को छेत्र न। ७ रहने जानकारी राईले दिए । भ्रष्टाचार बिरोधि अभियान चलाउदै आएको मान बहादुर राईको प्रमुख लक्ष्य भ्रष्टाचारको नियन्त्रण नै हुने कुरो राईले बताए ।