डेंगीको प्रकोप अत्याधिक रुपमा बढ्दै गएपछि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले डेङ्गु सचेतता तथा लामखुट्टे नियन्त्रण अभियान संचालन गरेको छ । ललितपुरको लगनखेल बसपार्कबाट सुरु भएको अभियान केही हप्ता चल्ने छ । यस अभियानको सुरुवात केन्द्रिय अध्यक्ष किरण पौडेलले गरेका थिए ।
अभियानको क्रममा ललितपुर जिल्लाका डेंगी प्रभावित स्थानहरुमा बाताबरणमा असर गर्ने खालको कुनै पनि खालको बिषादी प्रयोग नगरी फोरगनको प्रयोग गरि लामखुट्टे नियन्त्रण गरिने, सचेतनामूलक पर्चा बितरण गरिने, माइकिंग गर्ने लगायतका कार्यहरु गरिनुका साथै बिरामीहरुको उद्धार कार्यमा समेत लाग्ने राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष चिन लामाले बताए । काठमाडौ उपत्यका लगाएत अन्य शहरमा अहिले डेंगी फैलिरहेकोले यहाँका अस्पतालहरुमा डेंगीका बिरामीको अहिले उच्च चाप रहेको छ । सरकारले यस प्रकोपको विरुद्धमा अहिले सम्म कुनै पनि योजना नबनाएको देखिएकोले राष्ट्रिय युवासंले दबाबमूलक अभियान संचालन गरेको संघका ललितपुर इन्चार्ज राजु श्रेष्ठले बताए । केही समय अगाडी राष्ट्रिय युवा संघ नेपालले काठमाडौमा फोहोरको बिकाराल समस्या हुदा एघारौं दिन सम्म काठमाडौको विभिन्न ठाउँमा फोहोर उठाएको थियो ।
“राष्ट्रिय युवा संघ द्वारा डेंगु महामारी भगाउन सुरु गरे अभियान”
Previous Articleआपा