शनिबार, ४ भदौ २०७९, काठमाडौं, खोटाङ कलाकार समाज काठमाडौंले आज काठमाडौंको कमलादीस्थित प्रग्य प्रतिस्ठानमा खोटाङ साङितिक साझ २०७९ भब्य रूपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका उदघाटन यसै संस्थाका अध्यक्ष गायक तथा संगीतकार रुप कुमार राईले रिबन काटेर गरेका थिए । यस सागितिक कार्यक्रममा प्रमुख अतिथि भने बोलाएको थिएन ।विशिष्ट अतिथि भनेर राजनीतिक, साहितिक , समाज सेवा , प्राध्यापक, पत्रकार आदि ब्याक्तित्वहरुलाई खादा लगाएर यथास्थानमा अतिथिईको आसन ग्रहण कार्यक्रम संचालक सान्ती राम राईले गाराएका थिए ।
यो कार्यक्रम साङ्गितिक भय पनि थुप्रै राजनीतिज्ञहरुलाई समेत निमन्त्रणा गरिएको थियोे । राजनीतिक ब्याक्तित्वहरुमा मा. उषा कला राई, मा. राजन राई, मा. राम कुमार राई, मा. सुदन किराँती , मा. हिरा गुरुङ, मा. बिशाल भट्टराई , नेपाली काङ्ग्रेसका युबा नेता दिनेश राई , रोजन राईको उपस्थिति थिए । कार्यक्रममा आसन ग्रहणको चरन पस्चात भने हास्य कलाकार राई बुढाको नामले चिनिने पर्बन राई ले संचालन गरेका थिए । यस् कार्यक्रममा विभिन्न जात जतिको सास्कृतिक नित्य समेत प्रस्तुत गरिएको थियोे ।
२०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाज काठमाडौंले आयोजना गरेको यस साङ्गितिक कार्यक्रमको उदेश्य भने कल्याणकारी कोषको निर्माण गर्नु रहेको यस् सस्थाको कोषाध्येकक्ष गायक रोशन राईले जानकारी दिए । आजको यस् भब्य साङ्गितिक कार्यक्रम सम्पन्न पस्चात आउने दिनमा पुर्बका विभिन्न जिल्लाहरुमा यस्ता साङ्गितिक कार्यक्रम गर्ने उर्जा समेत मिलेको बताए कोषाध्येकक्ष राईले ।
गायक रोशन राईले आफ्नो गृह जिल्ला प्रति ममताले ओतप्रोत भएको ” मेरो प्यारो खोटाङ… ” बोलको गीत गायको थियो । उक्त गीत गाउदा दर्शक्को आवजले हल भरिएको थिओ । नया पुराना गरि सयौंको संख्यामा खोटाङका कलाकरहरुको उपस्थिति थियोे भने दर्जनौंले प्रस्तुति दिएका थिए । गायक धिरज राई, मेगा स्टार राई इज किङ्ग राजेश पायल राईको प्रस्तुति भने कार्यक्रम को अन्तेतिर राखीएको थियोे । गायक राजेश पायल राई ले भने तीन वटा गीत गायका थिए र राजेश पायल राई को गीत बाट कार्यक्रमको अन्ते पनि भयो ।