निजामती सेवामा प्रवेश गरेको आजदेखि १६ बर्ष पूरा भइ १७ औं बर्ष शुरु भएको छ । हुन त यति बर्ष काम गरें भन्नुभन्दा के के काम गरें ? मैले गरेको कामले देश र नागरिकलाई के कति टेवा पुग्यो ? यति बर्षमा यी यी काम गरें भनेर गर्व गर्न सक्ने अवस्था छ कि छैन ? काम गर्दा अतिरिक्त रकम वा घुस लिने नियत राखेर सेवाग्राहीको कामलाई झुलाइदिने,
अल्झाइदिने र पैसा लिएर मात्र काम गरेको अवस्था छ कि छैन ? वा त्यस्तो नियतले कसैको काम गरेको छैन भनेर ठाडो शीर पारेर भन्न सक्ने अवस्था छ कि छैन ?? कार्यालयमा गलत काम हुँदै गर्दा चुपचाप त्यसमै सहमत भइ काम गरेको छु कि या त्यसको विरोध गर्दा कामकाजबाटै अलग हुनुपर्ने अवस्था हुँदा पनि गर्वका साथ विरोध गरेको छु कि चुपचाप सहेको छु ? यी र यस्ता कैयौं विषयहरु छन् ।
जे होस् आजसम्म शीर झुक्नेगरी काम गरेको छैन । बरु जिम्मेवारीविहिन वनेको छु तर स्वाभिमान बेचेको छैन । आगामी दिनमा देश र जनताको सेवामा मेरो विवेक र क्षमताले भेटेसम्म लागिरहनेछु । यही स्वाभिमान, आत्मसन्तुष्टी नै मेरा लागि प्रेरणा र पुरस्कार हुन् । कसैले राम्रो काम गरेर देख्ला भन्ने अपेक्षा छैन तर यै आत्मन्तुष्टिले मलाई दत्तचित्त भएर काम गर्न हौसला दिइरहन्छ । काम गर्दा माया गर्ने इमानदार कर्मचारीहरु पनि छन् जसले दिएको स्यावासी पनि मेरा लागि पुरस्कार नै हुन् ।
यसमै खुशी छु । दुखका अनुभूति थुप्रै छन् ति बिषय पछिका लागि थाती राखेको छु । आवश्यकता अनुसार शेयर गर्नेछु । अरुलाई ढाँट्न सकिएला तर आफ्नो आत्मालाई ढाँट्न कदापि सकिदैन । झुटो बोलेगा भित्रबाट आफ्नो आत्माले आफैलाई धिक्कारीरहेको हुन्छ । आफ्नै आत्माले धिक्कार्ने अवस्था नआओस् । जय देश । जय निजामती सेवा । जय स्वाभिमान ।
खरिदार २०६३।४।२९
ना सु(लेखापाल) २०६७।९।३०
शाखा अधिकृत २०६८।५।२८
उपसचिव २०७५।३।२७
माधव ढकालको फेस्बुक पेजबाट साभार ।
लेखक, नेपाल सरकारको
उपसचिव हुनु हुन्छ ।