म सानो मैनबत्ती भएर उज्यालो छर्न खोज्दै थिए।
उनले पुरै संसारलाई उज्यालो दिने चन्द्रमा खोजीन्।
म त्यो बन्न सकिन।
अनि हाम्रो माया सकियो।
म सानो पानीको थोपा बनेर उनको तिर्खा मेट्न खोज्दै थिए।
उनले विशाल सागर खोजीन्। म सागर बन्न सकिन।
अनि हाम्रो माया सकियो।
म एउटा सानो वृक्ष बनेर उनलाई शितलता दिउँला भनेर सोच्दै थिए।
उनले पुरै बगैंचा खोजीन्।
त्यसैमा उनले पहरा खोजीन्।
त्यसैमा उनले छहरा खोजीन्।
त्यसैमा उनले लहरा खोजीन्।
त्यसैमा उनले सहारा खोजीन्।
म बाट त्यति असम्भव भयो।
अनि हाम्रो माया सकियो।
म एउटा सानो भुईमान्छे भएर साना साना कुरामा खुसी बाड्ने सोच्दै थिए।
उनले आकाशमा उड्दै गरेको अकल्पित व्यापक मान्छे खोजीन्।
त्यो कुरा मैले स्वीकार गर्न सकिन।
अनि हाम्रो माया सकियो।
वास्तवमा त्यो माया थिएन।
एउटा मजाक थियो।
अनि, अन्तिममा एउटा मजाक सकियो।
-रामु