काठमाण्डौ,१९ कार्तिक । मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ ।
![](https://maahikhabar.com/wp-content/uploads/2023/11/तिम्रो-साथ-Timro-Saath-Tek-BC-Annu-Chaudhary-__-New-Nepali-Song-__-FT.-Dinesh-Kathayat-Sumi.00_03_40_26.Still016-1024x576.jpg)
जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।
रमित बोहराको छायाँकन , विनोद बमको सम्पादन तथा प्रकाश मल्लको निर्देशन र अर्जुन भण्डारीको सह निर्देशन मा भिडियो तयार गरिएको छ । भिडियोमा दिनेश कठायत र सुमि खड्काको अभिनय छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको मोडल सुमिले बताइन् ।
‘तिम्रो साथ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।