त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत Bachelor in Computer Applications (BCA) अध्ययन गरिरहेका हजारौं विद्यार्थीहरू आज एक गम्भीर अन्यायको सामना गरिरहेका छन्।
समस्याको मूल कारण के हो भने, BCA कार्यक्रमलाई TU ले “Faculty of Humanities and Social Sciences” अन्तर्गत राखेको छ, जबकि Pokhara, Kathmandu, र Purbanchal University जस्ता अन्य विश्वविद्यालयहरूले सोही BCA लाई “Institute of Science and Technology” अन्तर्गत वर्गीकृत गरेका छन्। तर, प्रश्न उठ्छ — एउटै पाठ्यक्रम, एउटै विषयवस्तु, समान credit hours, समान practical approach भएर पनि किन TU का विद्यार्थीहरू सरकारी सेवामा अयोग्य घोषित भइरहेका छन्? फ्याकल्टीको नामको कारण अवसरबाट वञ्चित हालैका विभिन्न सरकारी विज्ञापनहरूमा “Computer Science/Information Technology वा सो सरहको विषयमा स्नातक” आवश्यकताका रूपमा उल्लेख गरिएको पाइन्छ। तर TU अन्तर्गत BCA उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन गर्दा, “Faculty: Humanities” भनेर rejection पाइरहेका छन्। यसको कारणले विद्यार्थीहरू मानसिक, शैक्षिक र व्यावसायिक रूपमा ठगिएको महसुस गर्दै आएका छन्। यस्तो व्यवस्थाले सरकारी रोजगारीका अवसरहरूमा पहुँच बन्द भएको छ, जब कि उनीहरू 126 credit hours पूरा गरेर, DBMS, OOP, Networking, Web, Mobile, AI, MIS जस्ता विषय पढेर Programming मा गहिरो Practical Exposure लिइसकेका हुन्छन्। देशभर BCA पढ्नेहरूलाई किन लुटिँदै छ? देशभर 130 भन्दा बढी क्याम्पसहरूमा पढाइ भइरहेको BCA कार्यक्रममा हरेक वर्ष हजारौं विद्यार्थीहरू भर्ना भइरहेका छन्। “BSc. CSIT, BIT, BIM सरहको मान्यता पाउने छ” भनेर प्रेरित गरिएर भर्ना भएका ती विद्यार्थीहरूको सपना आज फ्याकल्टीको नामले कुल्चिएको छ। यदि BCA कुनै Computer Science/IT सम्बन्धित कोर्स हैन भने — • त्यसमा किन Programming, Networking, DBMS, Web Development, Mobile App Development, AI आदि विषय छन्? • किन Practical Components यति धेरै छन्? • किन Project Work, Internship जस्ता अनिवार्य कम्पोनेन्ट राखिएको छ? जिम्मेवार को? सबैभन्दा ठूलो प्रश्न Faculty of Humanities and Social Sciences, TU सँग सोधिनुपर्छ: • तपाईंहरूको मातहतको BCA कार्यक्रमले सरकारी रोजगारीमा पहुँच नपाउने गरी विद्यार्थीहरूलाई अयोग्य बनाइरहेको छ भने, तपाईंहरूले यसको पक्षमा आवाज किन उठाउनु भएको छैन? • किन Faculty Transfer वा सुधारको पहल अहिलेसम्म भएको छैन? • किन विद्यार्थीहरूको भविष्य संकटमा पारिएको छ? त्यति मात्र हैन, विद्यार्थीहरूको अधिकारका लागि लड्ने भनेर स्थापित भएका विद्यार्थी सङ्गठनहरू समेत यस विषयमा मौन छन् — जुन झनै दुःखद पक्ष हो। हामी के चाहन्छौं?
- BCA कार्यक्रमलाई “Institute of Science and Technology” अथवा प्राविधिक धारको Faculty अन्तर्गत सारियोस — ताकि सरकारी निकायहरूमा Computer Science/IT को मान्यता पाउने गरी स्पष्टिकरण होस्।
- वा प्रासंगिक निकायहरू (UGC, TU, PSC, MOEST आदि) बीच स्पष्ट समन्वय गरी मान्यता/clarification पत्र जारी गरियोस् ।
- यदि यस्तै अन्याय जारी रहने हो भने, या त BCA लाई खारेज गरियोस, वा विद्यार्थीहरूलाई यो कोर्स नपढ्न सचेत गरियोस — किनकि उनीहरूको भविष्यमाथि खेलबाड गर्नु अमानवीय छ।
अन्त्यमा, यो मुद्दा कुनै व्यक्तिगत गुनासो होइन, यो हजारौं विद्यार्थीहरूको भविष्य को सवाल हो। आजको दिनमा देशले Skilled IT Workforce को माग गरिरहँदा, त्यही क्षेत्रका विद्यार्थीहरू Faculty नामको कारणले पछाडि पारिनु दुखद मात्र होइन, राष्ट्रकै क्षतिका रूपमा पनि बुझिनुपर्छ। अब पनि यदि TU का सम्बन्धित निकायहरू मौन रहन्छन् भने, विद्यार्थीहरूले कानुनी बाटो अवलम्बन गर्न बाध्य हुनेछन्। हामी न्यायको अपेक्षा राख्छौं — सुधार, समन्वय, र स्पष्टता — तीनै आधारमा।