काठमाडौं,२१ वैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याथोलिक समुदायबाट कडा विरोध भएको छ। पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट सेयर भए पछि यस्तो बिरोध भएको हो । २१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा डुबेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउन यस्तो फोटो सार्वजनिक गरेका हुन् ।

उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएका देखिन्छन् । ट्रम्पलद्धारा सेयर गरिएको उक्त तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् । केही दिन अघि ट्रम्पले पत्रकारहरूसँग हाँसो गर्दै भनेका छन् , ‘म पोप बन्न चाहन्छु।’ न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि उनीहरूको आस्थाको मजाक उडाएको आरोप लगाएको छ।
तथापि राष्ट्रपति ट्रम्प यसरी विवादमा तानिएका पहिलोपटक भने होइन ।एक वर्षअघि पूर्व राष्ट्रपति जो बाइडनले प्रो-एबोर्शन र्यालीमा ‘साइन अफ द क्रस’ बनाएका कारण क्याथोलिक समुदाय रुष्ट भएको थियो।भ्याटिकनले भने हालसम्म ट्रम्पको उक्त तस्बिरमा कुनै प्रतिक्रिया दिएको छैन। भ्याटिकनमा बुधबारदेखि नयाँ पोपको चयन प्रक्रिया सुरु हुन लागेको छ।
”मिस्टर प्रेसिडेन्ट, यो फोटोमा केही पनि रमाइलो छैन। हामीले भर्खरै आफ्ना प्रिय पोपलाई बिदा गरेका छौँ र अब एक गम्भीर निर्वाचन प्रक्रिया सुरु हुँदैछ। कृपया हाम्रो आस्थाको मजाक नउडाउनुहोस्।” न्यूयोर्क क्याथोलिक सम्मेलनले सामाजिक सञ्जाल एक्समा लेखेको छ,