काठमाडाैं, फागुन २८ गते। अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी सहसचिव उमेश लामाले चैत्र ५ गते हुने स्ववियू निर्वाचनकाे चुनावमा उम्मेदवार नरहेकाे घाेषणा गरेका छन् । संगठनका तर्फबाट प्रत्यक्ष सदस्य पदका उम्मेदवार बनाइएका लामाले उम्मेदवार नरहने घाेषणा गरेका हुन् ।
आज मात्र घाेषणा भएकाे टिममा केन्द्रिय कमिटीले पठाएकाे उम्मेदवारकाे लिष्टमा लामा काेषाध्यक्षकाे उम्मेदवार रहे पनि पछि क्याम्पसमा नाटकिय ढंगल नेकपा एस निकट अनेरास्ववियूसँग एमाले निकट अनेरास्ववियुले गठबन्धन गर्दा लामाकाे काेषाध्यक्ष पद खाेसिएकाे लामाले बताए । ”उनले एक्लैले ल्याउने मत जति गठबन्धन गर्दा नआउने लामाका दाबी छन्।” ”यस्ता अस्वस्थ किसिमको संगठनको तालमेलले म, जस्ता अन्य असल र राम्रा साथीहरुलाई आत्मामा ठूलो चोट पुगेको छ।”उनको भनाइ रहेको छ।
यस्ता किसिमका घृणित खेलले गर्दा पनि असल र राम्रा उम्मेदवार साथीहरू चुनावी मैदानबाट बाहिरिनुपर्ने अवस्था आएको छ, लामाले भने। यति मात्र नभएर भौगोलिकताको रटान लगाउनेहरूले आफ्ना भूगोलका मान्छे च्याप्नुले पनि हामी जस्तो ब्याक्ती पछि पर्नुपर्ने अवस्था आएको छ। यो हामीलाई मान्ने हुने छैन बरु हामी चुनावी मैदान बाहिरै रहेने कुरोमा सन्तुष्ट छौ ।