काठमाडौँ, १९ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट घाट भएको छ ।भेटमा दुई देशबीचको विद्यमान सम्बन्धबारे छलफल भएको कुरा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध पनि गरे ।
भारत र नेपाल छिमेकी मित्र भएकाले कतिपय विषयको समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले बताए ।