Author: Padam Kirati

काठमान्डौ,15 कार्तिक। त्रिभुवन विश्वोबिधालयको उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले प्रधानमनत्री कुलपति रहने व्यवस्था हटाउन सुझाब दिएका छन्। आफ्नो चारबर्से कार्यकाल पुरागरेरा बाहिरिनु अघि आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमनत्री कुलपति हुने ब्यबस्था हटायर शैक्षिक र योग्य व्यक्तिलाई खुल्ला प्रतिस्पर्धाबाट कुलपतिको नियुक्ति गर्नु पर्ने सुझाब दिएको हो। हाल त्रिविको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्नुपर्ने, पार्टी सम्हाल्नुपर्ने, संसदीय दलको नेताको हैसियतले संसदलाई पनि समय दिनुपर्ने हुनाले चाहेर पनि विश्वविद्यालयमा समय दिन नसक्ने बाँस्कोटाले बताए । प्रधानमन्त्रीले समय नािद्या विश्वविद्यालयका कयौं समस्या ओझेलमा परेको भन्दै उनले ट्रस्टको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेका शैक्षिक व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट…

Read More

काठमाडौं,१५ कात्तिक। नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम रहेको छ । मानव अधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको थियो ।गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए । एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ ।मानव अधिकार आयोगका पदाधिकारीहरुको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न गानरीमा  सिफारिस गरेका थिए । केपी शर्मा ओली…

Read More

काठमाडौं, ७ कात्तिक ।नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन…

Read More

काठमाडौं, २९ असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीप्रदेशको विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । धुम्बाराहीस्थित निवासमा ४ बजे देउवाले बैठक राखेका हुन् । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो । कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेको हो। कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् । कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज…

Read More

काठमाडौं, २८ असोज। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनु भएको छ। आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेला हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाले बताउनु भयो । नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताउनु भयो । मन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैभर सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय…

Read More

काठमाडौं, २६ असोज। आज साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० र चाँदीको मूल्य १३ सय ४५ रुपयाँ कायम भएको छ । बिहीबार एक लाख ९ हजार ५ सयमा छापावाल सुन, एक लाख ९ हजार रुपैयाँमा तेजावी सुन र १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

Read More

काठमाडौं , २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रको भ्रमणमा आएका छन् । हेलिकोप्टर सवार गरेर उनी आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । मोदीले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनको भ्रमण क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । तर भारतले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । मोदीको भ्रमणबारे भारतीय पक्षले नेपाललाई जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी…

Read More

काठमाडौं २२ असोज, इजरायलमा भएको आक्रमणमा परी मृत्यु वरण गरेका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताउनु भयो ‘दिवंगत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’ उहाको अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी गरिएको छ । मृतकहरुका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ…

Read More

काठमाडौँ, १९। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाबारे नयाँ व्यवस्था गर्ने निणय गरेको छ । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको थियो। यस्तै गरी धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको बैंकले जनाएको हो । यसअघि पनि एकल ग्राहक कर्जा सीमा १२ करोड राखिएको थियो । नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त…

Read More

काठमाडौं १४ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज २६ गते, शुक्रबारका दिन सभा बोलाएको हो। बैंकको सत्रौँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको…

Read More