
Author: Padam Kirati
काठमाण्डौं,१० पौष । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन । ’सुन ठिटा हो’ गीतको पुरा भिडियो हेर्न तल…
काठमाडौँ ३० मङ्सिर। नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान ‘नाथम’ ले भ्रष्टाचारजन्य कार्य, प्रशासनिक चलखेल र आर्थिक अनियमिता लुकाउनको लागि राष्ट्रिय सुचना आयोगको आदेश समेत कार्यान्वयन नगरेको पाइयो। उक्त प्रतिष्ठानमा एम. एच. एम अध्ययनरत विद्यार्थी सागर देबकोटा ‘सुशान्त’ ले बाषिर्क २-३ करोड सम्म भ्रष्टाचार भएको गुनासो साथिहरु र कर्मचारी बाट थाहाँ पाए पछि सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्ने उद्देश्यका साथ सोही प्रतिष्ठानमा सुचना माग गर्दै पत्र पेश गरे। प्रतिष्ठानले सुचना नदिई फेरि सुचना लिन आएमा कलेजबाट बिभिन्न बहाना बनाई कार्वाही गरि निस्कासन समेत गरि दिने दबाब पुर्व कार्यकारी निर्देशक राजेश उप्रेती सहित प्रशासनका कर्मचारी ले दिए। आफुले सुचना नपाएपछि…
काठमाडौं, २९ मंसिर । चिकित्सा शिक्षा क्षेत्र सुधार गर्ने उदेस्यले प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा फेरी अनशन सुरु गरेका छन् ।विगतमा पटक–पटक सरकारसँग भएको सहमतिलाई कार्यनयनमा नल्यएको भन्दै डा. केसी तीनदिने अनशनमा बस्ने बताएका छन् । यसअघि अनशनमा बस्न धनगढी पुगेका डा. केसीलाई दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसमेत रहेका केसीले त्यहाँ नै अनशन बस्ने तयारी गरेका थिए । तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै संघर्ष समितिका सदस्यहरुले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा पुगेका हुन् ।गेटामा प्रवेश नपाएपछि डा. केसी आक्रोशित…
काठमाडौं, २७ मंसिर। न्यूनतम् १० कित्ता भर्न पाइने प्राथमिक सेयर (आईपीओ) हटाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले अध्ययन समिति बनाएको छ । सेयरबजारलाई सामान्ने जनताको पहुचसम्म पुर्याउने १० कित्ते नीतिको ठूला लगानीकर्ताले विरोध गर्दै आएका छ । तिनैलाई बल पुर्याउने गरी धितोपत्र बोर्डले अध्ययन समिति बनाएपछि यसबारे बहस सुरु भएको हो। धितो पत्र बोर्डको निर्देशिकाका अनुसार जती सक्दो धेरैलाई १० कित्ताका आईपीओ दिनु पर्ने उल्लेख छ| सर्वसाधारणको नाममा जारी भएको सेयर भर्ने जति संख्यालाई १० कित्ताका दरले दिन पुग्छ भने दिने नपुगेमा गोलाप्रथाद्रुरा १० कित्ता दिने निर्देशिकामा व्यवस्था छ । यो व्यवस्थाले पुँजी बजारमा सहभागीको संख्या बढाएको छ । सेयर भर्नका…
काठमाडौं,२३ मंसिर।बालबालिका,महिला तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्याउनुपर्ने धारणा राखेका छन् ।महिलाहरु नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई मुलुकको नेतृत्वमा पुर्याउन सके भ्रष्टाचार कम हुने बताए । नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री आचार्यले महिलाहरुले पनि आफ्नो क्षमताको विकासमा ध्यान दिनुपर्ने टिप्पणी गरे ।‘जुनसुकै स्थानीय तहमा महिलाको नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार कम छ । त्यसैले गर्दा महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भीर हुनैपर्छ र, महिला दिदीबहिनीहरुले पनि अधिकार माग्ने भन्दा पनि आफ्नो क्षमतामा अभिवृद्धि गर्दै जानुपर्छ’, उनले बताए। मन्त्री आचार्यले महिलामाथि हुने विभेदको…
काठमाडौं, २१ मंसिर । यू–१९ एसिया कपमा नेपालले भोलि शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तानसँग भएको छ । आईसीसी एकेडेमी ग्राउण्ड २ दुबईमा हुुने यो खेल नेपाली समयअनुसार विहान ११ः१५ मा सुरु हुने जनाएको छ ।सन् २००२ को विश्वकपमा भएको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो, पस्चात भएको सबै खेल पाकिस्तानले जितेको छ । पछिल्लो पटक २०१६ को विश्वकपमा भएको खेलमा पाकिस्तान १२२ रनले विजयी भएको थियो । समूह ए मा परेको नेपालले पाकिस्तानपछि अफगानिस्तान र भारतसँग खेल्नेछ भएको। तीनवटै टेष्ट मान्यता प्राप्त देश भएकाले एसिया कपलाई नेपालले जित हार भन्दा बढी अनुभव हासिल गर्ने साथै विश्वकपको तयारीका रुपमा लिइएको…
काठमाडौं, १७ मङ्सिर। बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने बताउनुभएको हो । नेपाल फिजियोथेरापी संघले चितवनमा आयोजना भएको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । चिकित्सा पद्धतिमा फिजियोथोपी निकै प्रभावकारी हुने मन्त्री जोशीको भनाई थियो । उहाँले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण अगंको रुपमा रहेको फिजियोथेरापी सेवालाई प्रादेशिक अस्पतालहरुमा विस्तार गर्ने बिषयलाई गम्भीरताका साथ लिने बताउनुभयो । ‘यसलाई सरकारले दिने स्थान, नीति निर्माणमा समेट्ने बिषयमा मेरो ध्यानाकर्षण भएको छ’ उहाँले…
काठमाडौं, १६ मंसिर। गृहमन्त्री समेत बनी सकेका बाल कृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली काँग्रेसले उसलाई सम्मान गर्न लागेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन शनिबार बुटबलमा सुरु भएको छ, त्यस सम्मेलनमा खाँणलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लुम्बिनी प्रदेशको अभिभावक भएको बताए । ‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गर्ने दाजु आज हाम्रा सामु हुनुहुुन्न बालकृष्ण खाँणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक…
काठमाण्डौ,१९ कार्तिक । मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ । रमित बोहराको छायाँकन , विनोद बमको सम्पादन तथा प्रकाश मल्लको निर्देशन र अर्जुन भण्डारीको सह निर्देशन मा भिडियो तयार गरिएको छ । भिडियोमा दिनेश कठायत र सुमि खड्काको अभिनय छ । प्रेम…
काठमाडौं,१६ कात्तिक । सर्वोच्च अदालतको तीन सदस्यीय पूर्ण इजलासले बिहीबार योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरिदियो । कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासको संक्षिप्त आदेश सार्वजनिक भएको एक घण्टाभित्रै रिगल नेपालगञ्जबाट पक्राउ परे । कारागार प्रशासनले ४० प्रतिशत कैद भुक्तान गरेका कसुरदारलाई दिने कैद छुटको निर्णयमाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्च अदालतले रिगल ढकालको कैद मिनाहालाई कानुन विपरीत मात्रै होइन, संविधानकै भावना प्रतिकुल भनी व्याख्या गरिएको छ । संक्षिप्त निर्णय सुनाउदै कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाले भने, ‘रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये…
