Author: Padam Kirati

काठमाडौं, २६ असोज। आज साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० र चाँदीको मूल्य १३ सय ४५ रुपयाँ कायम भएको छ । बिहीबार एक लाख ९ हजार ५ सयमा छापावाल सुन, एक लाख ९ हजार रुपैयाँमा तेजावी सुन र १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

Read More

काठमाडौं , २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रको भ्रमणमा आएका छन् । हेलिकोप्टर सवार गरेर उनी आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । मोदीले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनको भ्रमण क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । तर भारतले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । मोदीको भ्रमणबारे भारतीय पक्षले नेपाललाई जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी…

Read More

काठमाडौं २२ असोज, इजरायलमा भएको आक्रमणमा परी मृत्यु वरण गरेका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताउनु भयो ‘दिवंगत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’ उहाको अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी गरिएको छ । मृतकहरुका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ…

Read More

काठमाडौँ, १९। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाबारे नयाँ व्यवस्था गर्ने निणय गरेको छ । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको थियो। यस्तै गरी धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको बैंकले जनाएको हो । यसअघि पनि एकल ग्राहक कर्जा सीमा १२ करोड राखिएको थियो । नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त…

Read More

काठमाडौं १४ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज २६ गते, शुक्रबारका दिन सभा बोलाएको हो। बैंकको सत्रौँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको…

Read More

काठमाण्डौं ८, गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवन सुख र दुखको भावना साटासाट गर्ने माध्यम रहेको कुरा यस गीतमा समेटिएको छ ।

Read More

२०८० आश्विन ९ मंगलवार, ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्र बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुछ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा ॐ हस्पिटलका तर्फवाट ॐ अस्पतालका शेयरधनी हरि प्रसाद पाठक, मेडिकल डाइरेक्टर डा.हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो । माछापुछ्रे बैंकका तर्फवाट चिफ विनजनस अफिसर विनित चन्द्र झा,…

Read More

काठमाण्डौं ८ गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवन सुख र दुखको भावना साटासाट गर्ने माध्यम रहेको कुरा यस गीतमा समेटिएको छ ।

Read More