Author: Padam Kirati

काठमाडौं, २४ फागुन। नयाँ सत्ता समीकरणबारे प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराए। बिहीबार प्रधानमन्त्री  प्रचण्डले प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेससँग सम्बन्ध तोड्नुका केही कारणहरु सुनाएका छन् भने नयाँ समीकरण पनि जोखिमपूर्ण रहेको बताए । सुरुमा प्रधानमन्त्री प्रचण्डले अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति प्रचण्डका रूपमा कुनै समस्या या अप्ठ्यारोमा नरहेको कुरा ब्यक्त गरे। ‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन’ उनले बताए । टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकेर गठबन्धन तोडेको भन्दै उनले उल्लेख गरेका छन्, ‘टिकिरहनु मात्रैलाई…

Read More

काठमाडौं, २१ फागुन।अर्को सत्ता गठबन्धनकालागि दलहरुबीचमा मन्त्रालय भागबण्डा टुंगो लगाउन सोमबार दिउँसो बैठक बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्र,जनता समाजवादीपार्टी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार-अहिले गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरुसँग छलफल हुँदैछ, त्यो बैठकले मन्त्रालय टुंङ्गोलाउने तयारी छ’, सोमबार नै बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेबाट विष्णु पौडेल,रास्वपाका रवि लामिछाने, माओवादी केन्द्रका वर्षमान पुन, र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो । उनीहरुले बनाएको खाकामाथि शीर्ष तहमा छलफल हुन लागेको स्रोतको…

Read More

काठमाडौं, १६ बुधवार फाल्गुन ।प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरि व्यावसायिक सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा भएको अन्तरक्रिया सहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडादर महँगो नहुने गरि समायोजन लगायतका सुधारका कार्य गरिन लागेको बताएका हुन्।“राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक कार्य भइरहेको छ।” कार्यकारी अध्यक्ष अधिकारीले भने – नेपाली मन भएका सबैले राष्ट्रिय ध्वजाबहाक जहाजलाई…

Read More

काठमाण्डौं, आईतवार ०६। प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन गीतमा रहेको छ । सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ । गीतको पुरा…

Read More

काठमाडौं, २९ माघ। क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलमा २३३ रनको लक्ष्य पछ्याए पनि नेपालले पहिलो विकेट गुमाउन पुगेको छ । नेपालतर्फका कुशल भुर्तेल डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भएका हुन् । बल स्टम्पमा लागेर बाउन्ड्री रेखासम्म पुगेको थियो ।कुशल आउट हुँदा नेपाल ४.५ ‌ओभरमा १ विकेटको क्षतिमा ४५ रनको स्थितिमा छ ।

Read More

काठमाडौं,२८ माघ । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अदालतले म्याद तोकेर २ दिनभित्र छाडिदेऊ भनेको न्यायिक इतिहासमा नै पहिलो भएको समेत बताए । हामीले म्याद माग्यौं अदालतले दुई दिनमात्र दिन सक्छ त्यसपछि सीआईबीको काम हो अनुसन्धान गर्ने । त्यसपछि म्याद थप चाहियो भन्न पनि सक्छ, चाहिँदैन भन्न पनि सक्छ । चाहियो भनेर गएपछि म्याद दिने कि नदिने अदालतले निर्णय गर्न सक्छ’, उनले भने अदालतले पहिला नै दुई दिनभित्र सक अनुसन्धान त्यसपछि छोडिदेऊ भनेर…

Read More

काठमाण्डौं,२० सुक्रवार ।गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ । ‘तिमीले हेर्न चाहे‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । <iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/P7iCGB3GxaE?si=bgZmF9AmBUj-IyZJ” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

Read More

काठमाडौँ, १९ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट घाट भएको छ ।भेटमा दुई देशबीचको विद्यमान सम्बन्धबारे छलफल भएको कुरा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध पनि गरे । भारत र नेपाल छिमेकी मित्र भएकाले कतिपय विषयको समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले बताए ।

Read More

काठमाडौं, १५ आईतवार । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन ।सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ । भिडियो ः<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/0khhQj2ybbw?si=Pz7dx1SEpzejDmxI” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer;…

Read More

काठमाण्डौं, ११ बुधवार।नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य कमरेड आधार सीले, राजतन्त्र अन्त्य गरेकोमा नेपाली जनताले गर्व गर्नुपर्ने बताउनु भएको छ। १३१औं माओ जन्म जयन्तीकाे अवसरमा सल्यानमा आयाेजित एक बिशेष कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपाका नेता कमरेड आधार सीले यस्तो बताउनु भएको हाे। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले माैलाेहाले बजारमा माओकाे जन्म जयन्तीकाे अवसरमा आयोजना गरेको बिशेष कार्यक्रम मार्फत जिल्लाकाे दुई महिने अभियान उदघाटन गर्दै नेता कमरेड आधारले भन्नु भयो, ‘चीनकाे आजकाे सम्पन्नता तथा वैभबले कम्युनिस्ट व्यवस्था तथा समाजवादकाे श्रेष्ठता देखाएको छ ‘ पार्टीको जिल्ला समिति उत्तर सल्यानले माओ दिवसको अवसर पारेर पार्टी संगठनलाई सुदृढ र विस्तार गराैं !राज्य षडयन्त्रकाे…

Read More